१५ मंसिर २०८१ शनिबार
image/svg+xml

घुस बार्गेनिङ प्रकरण: स्पष्टीकरण नदिए कारबाही

काठमाडौं जिल्ला अदालतका न्याया–धीशसँग घुस बार्गेनिङको फोन वार्ता गरेको सम्बन्धमा नेपाल बार काउन्सिलले अधिवक्ता रुद्र पोखरेललाई सात दिनभित्र स्पष्टीकरण नदिए कारबाही गर्ने चेतावनी दिएको छ।

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी प्रदेश पहिलो

१२औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेश पहिलो बन्दै रनिङ शिल्डको उपाधि उचालेको छ।

श्रीलंकाको पूर्वअर्थमन्त्री बासिल राजापाक्षे देशबाट भाग्ने प्रयास असफल

पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षेका कान्छा बासिल राजापाक्षेको देशबाट भाग्ने प्रयास असफल भएको छ।

अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य छैनन्ः सांसद सिलवाल

नेकपा (एमाले)का सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताएका छन्।

यमनी नेताद्वारा शान्ति स्थापनाका क्षेत्रमा सहयोग गर्न आग्रह

यमनको प्रोसिडेन्सियल लिडरसिप काउन्सिलका अध्यक्षले यमनलाई सहयोग गर्नका लागि सबै क्षेत्रीय संगठनहरुलाई आग्रह गरेका छन्।

बसको ठक्करबाट सहचालकको मत्यु

चितवनमा बसले ठक्कर दिँदा सहचालकको मत्यु भएको छ। आज बिहान ४ बजेको समयमा ईच्छाकामना गाउँपालिकाको मौवाखोला नजिक पृथ्वी राजमार्गमा काठमाडौंबाट भारतको सिलगढी तर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले आफ्नै सहचालकलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको हो।

सिलिण्डर ग्यास पड्किदा बालिकाको मृत्यु

खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका-९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन्।

मिसाइलरूपी सर्वाेच्चका मिसिल

निजगढ विमानस्थल निर्माण रोक्ने आदेशप्रति आक्रोशित राजनीतिक दलका नेताहरूमा स्वतन्त्र न्यायालय प्रतिको धारणा कुन स्तरको रहेछ भन्ने विषय उजागर भएको छ।

‘स्टार खेलाडी किन्न सक्षम छैनौं’

स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले आफ्नो क्लब कहिले पनि स्ट्राइकर केलियन एमबाप्पे र इर्लिङ हल्यान्डलाई क्याम्प नोउ भित्राउने दौडमा नलागेको बताएका छन्।

प्रेस काउन्सिलको कानुनी सल्लाहकारमा अधिवक्ता लुइँटेल

प्रेस काउन्सिल नेपालले अधिवक्ता अनन्तराज लुइँटेललाई कानुनी सल्लाहकार नियुक्ति गरेको छ। प्रेस काउन्सिल नेपालको बोर्डले लुइँटेललाई वैशाख पहिलो साता नै नियुक्ति गर्ने निर्णय गरेको हो।

शान्तिनगर र दंगिशरणमा पनि काँग्रेस विजयी

दाङको शान्तिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमिका केसी निर्वाचित भइन्।

रोनाल्डको चोटले बार्सिलोनाको जित छायामा

पिएरे इमेरिक औबामेयाङको दुई गोलको सहयोगमा मंगलबार स्पेनिस ला लिगामा बार्सिलोनाले पाहुना टोली सेल्टा भिगोमाथि ३–१ को जित निकाले पनि रोनाल्ड अरूजोको चोटका कारण छायामा पर्‍यो।

जितबाट बार्सिलोनाको दोस्रो स्थान बलियो

जारी सिजन चार खेल मात्र खेल्न बाँकी रहँदा बार्सिलोना ३४ खेलबाट ६६ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो। जुन समान खेल खेल्दै तेस्रो स्थानमा बसेको सेभियाभन्दा २ र चौथो स्थानको एट्लेटिको मड्रिडभन्दा ५ अंक बढी हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्