संघीय फोरम र राष्ट्रिय जनता पार्टी नेपालले चुनाव लड्न पार्टीलाई आर्थिक संकट परेको गुनासो गरेका छन् ।
राजपाले प्रत्यक्षतर्फ चुनाव लडेका नेतालाई केन्द्रबाट आर्थिक सहयोग गर्न क, ख र ग गरी तीन श्रेणीमा वर्गीकरण गर्ने भएको छ । सो दलका अनुसार क श्रेणीमा परेका उम्मेदवार विजय सुनिश्चित भएका, ख श्रेणीमा परेका उम्मेदवार प्रतिस्पर्धामा रहेका र ग श्रेणीमा परेका उम्मेदवार पार्टीको उपस्थिति देखाउन मात्र चुनाव लडेका उम्मेदवार हुनेछन् ।
२ नम्बर प्रदेशमा उम्मेदवारी दिएका सबै उम्मेदवार क श्रेणीमा पर्ने भएका छन् । राजपाले प्रतिनिधिसभाका लागि २ नम्बर प्रदेशमा १५ सहित देशभर ६१ जना उम्मेदवार उठाएको छ । प्रदेशसभामा १ सय २२ उम्मेदवार छन् ।