कृशलाका हत्या आरोपी सार्वजनिक, पारिवारिक दुस्मनीले हत्या गरेको खुलासा
सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक सदाद्वयले कृशलाको हत्या गर्नुको कारण पारिवारिक दुस्मनी रहेको स्वीकारेको जनाइएको छ। उचितलालकी श्रीमति दोस्रो बिहे गरेर जानुमा कृशलाको मुख्य हात रहेको भन्दै बद्ला लिन हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए।