१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

दुर्घटनामा महिलाको मृत्युपछि राजमार्ग अबरुद्ध

पूर्व–पश्चिम राजमार्गको लहान–३ मा बिहीबार स्कुल बसको ठक्करबाट तरकारी बेच्न गईरहेकी महिलाको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट ८० बर्षीया बृद्धाको मृत्यु

ट्याक्टरको ठक्करबाट ओखढुंगामा बृद्धाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तरगत केत्तुकेमा ना ५ त १९७६ नम्बरको ट्याक्टरको ठक्करबाट केत्तुके–३ का ८० वर्षीया सोममायाँ तामाङको मृत्यु भएको हो ।

स्कुल बस र ट्रक ठोक्किदा १५ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्युभएको छ ।

मालीमा भएको आत्मघाती कारबम हमलामा ५० को मृत्यु

मालीमा भएको आत्मघाती कारबम हमलामा परी कम्तीमा ५० को मृत्यु भएको छ । पूर्वविद्रोहीहरुलाई राखिएको शिविरमा बुधबार विस्फोट भएको र अरु कैयौ घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

विमानस्थलमा जहाज नआउँदा बिरामीको मृत्यु

पेटमा समस्या भएर उपचारका लागि नेपालगञ्जतर्फ लैजानका लागि रारा ताल्च विमानस्थलमा पुगेका एक विरामीको बिहीबार दिउसो विमानस्थलमै मृत्यु भएको छ।

भीरबाट लडेर दुई जनाको मृत्यु

ताप्लेजुङका दुई बेग्लै स्थानमा भीरबाट लडेर दुईजनाको मृत्यु भएको छ । चौंरीलाई घाँस लिन जाँदा पापुङ गाविस– ३ निवासी ३१ बर्षीय सुङदाक्पा शेर्पाको ज्यान गएको हो।

मृत्युसँग संघर्ष गर्दै एक राउटे युवा

एक वर्षअघि आगोमा जलेर घाइते भएका एक राउटे युवा मृत्युसँग संघर्ष गरिरहेका छन्। पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा जलेका १८ वर्षीय कपिल शाही उपचार नपाएर मृत्युसँग संघर्ष गरिरहेका हुन्। पाखुरा र ढाडको घाउ बल्झँदै पेटसम्म पुगेको छ।

मोटरसाइकल चालकको मृत्यु

टंकिसिनवारी – ७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका चालकको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको छ ।

कुकुरको टोकाइबाट गांबियाका राष्ट्रपतिका छोराको मृत्यु

गांबियाका निर्वाचित राष्ट्रपति आडमाका छोराको कुकुरको टोकाइबाट मृत्यु भएको छ। आठ बर्षका हबीबु बैरोको मृत्यु अस्पताल लैजाँदै गर्दा बाटोमा भएको थियो।

मृगलाई ताकेर हानेको गोली आफ्नै साथिलाई लागेर मृत्यु

दोभाने–८ स्थित फेदीको जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक युवाको मृत्यु भएको छ। गर्धनमा गोलीको छर्रा लागेर स्थानीय २६ वर्षीय योगेन्द्र राईको मृत्यु भएको हो।

धादिङ बस दुर्घटनामा दुईको मृत्यु

खचाखच यात्रु लिएर सदरमुकाम धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार साँझ भएको दुर्घटनामा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

क्षेत्रीय कारागारमा दीर्घरोगी बढे, ६ महिनामा १२ को मृत्यु

ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका रुपन्देही बुटबलका मीनबहादुर गुरुङ दुई वर्षदेखि बिरामी छन्। पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीमा कैद सजाय भोगिरहेका मीनबहादुरको हातखुट्टा गल्ने गर्छ। त्यसपछि उनी सिकिस्त हुन्छन्।

किर्गिजस्तानमा विमान दुर्घटना हुँदा बत्तीसको मृत्यु

किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको र मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन्। उक्त विमान बाक्लो कुहिरोबीच अवतरण गर्न खोजिँदा जनघनत्व भएको क्षेत्रमा दुर्घटना भएको उनीहरूले बताएका छन्।

ट्र्याक्टरले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

महोत्तरीको गौशाला नगरपालिका-७ हनुमानचोकमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भरतपुर गाविस–४ का ५५ वर्षीय रामवृक्ष भगत रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

जीप दुर्घटनामा तीनको मृत्यु

गएराती धनकुटाको फाक्सिव गाविस स्थित लेउतीटारमा ल्याण्डरोभर जीप भीरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ७ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्