'विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न कांग्रेसलाई मन्त्री यादवकाे चेतावनी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले 'विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले 'विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पार्किङको लागि छुट्टै जग्गाको व्यवस्था गर्ने आश्वासन दिएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका मन्त्रीलाई संस्कार सिकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले विप्लव समूहको हिंसालाई प्रोत्साहन गरेको भन्दै ‘दिनभरी विपी, रातभर विप्लव हो?’ भन्ने प्रश्न गरेका थिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सञ्चार अवरोधका कारण प्रधानमन्त्री झुक्किएको बताएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकताको जग कमजोर नभएको बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहको हिंसाको पक्षमा वकालत गरेर सरकारलाई खेद्ने काम नगर्न चेतावनी दिएका छन्। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले हिंसा भइरहेको कुरालाई नदेखेर सरकारलाई खेद्ने काम अनुचित भएको टिप्पणी गरे। ‘सत्ता गुमेको पीडामा कांग्रेसले यतिसम्म गर्न हुदैन्थ्यो। सरकालाई अप्ठेरो गर्ने काम नगरौं। भद्रगोल सिर्जना नगरौं’, मन्त्री बाँस्कोटाले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई समेत झुक्याइएको बताएका छन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूताबासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण आफूले नेपाली जनताको सामू लज्जित हुनु परेको उल्लेख गर्दै माफी समेत मागे।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफु सहभागी भएको त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध संचार माध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।
नेपाल बिद्यार्थी संघ बाँकेले सांकेतिक बिरोध स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरकारी र फलफुल उपहार स्वरुप पठाएको छ। भारतबाट आउने तरकारी र फलफुलको विषादी परीक्षण नगरेर जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत काठमाडौं पठाएको हो।
प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा सो निर्णय तत्काल खारेज नगरे सरकारलाई सडक आन्दोलनबाटै ढाल्ने चेतावनी पनि दिइएको छ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले मुलुकको आर्थिक विकासलाई केन्द्र भागमा राखेर कूटनीतिक अभ्यास गरिरहेको दावी गरेका छन्। मन्त्री ज्ञवालीले मुलुकको तीव्र आर्थिक विकास हुनेगरी कूटनीतिक पहलकदमी लिन राजदुतहरुलाई पनि आग्रह पनि गरे।
गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पु-याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रिय परिचय पत्र लिएका छन्। प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले मंगलबार बिहान प्रधानमन्त्री निवासमै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचय पत्र दिएका हुन्।