१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बोरिस जनसन बेलायतको भावी प्रधानमन्त्री

परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले पार्टी पंक्तिलाई सम्बोधन गरेका थिए। सम्बोधनमा उनले आफ्नो तीनवटा प्राथमिकता रहेको बताए।

चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ। उनी ९१  बर्षका थिए।

बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री

बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त हुने निश्चित भएको छ। दुई महिनाअघि वर्तमान प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएका छन्। यससँगै उनलाई बेलायतको प्रधानमन्त्री हुने बाटो खुलेको हो।

हाइटीमा नयाँ प्रधानमन्त्री नियुक्त

हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गरेका हुन्।

यातायात कार्यालयमा छड्के, २१ कर्मचारी अनुपस्थित

सेवाग्राहीको सबैभन्दा बढी भिड लाग्ने सरकारी अड्डामै कर्मचारी नआएको गुनासो आउन थालेपछि प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले छड्के अनुगमन थालेको छ। सुशासन कायम गर्ने मुख्यमन्त्री कार्यालयको नीति अनुसार मंगलबार यातायात व्यवस्था कार्यालयका दुई इकाईमा छड्के अनुगमन गरिएको छ।

जनप्रतिनिधि र कर्मचारीको लापर्बाहीले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फिर्ता

रुपन्देहीका रोहिणी गाउँपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गएको छ। सरकारले बेरोजगारी न्यून गर्ने उद्देश्यसहित ल्याएको कार्यक्रम लागू हुन नसकेपछि गाउँपालिकाका बेरोजगार निराश भएका छन्। संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पठाएको २० लाख रुपैयाँ खर्च गर्न नसकेपछि फिर्ता गएको हो।

दक्षिण कोरियाको निजी क्षेत्रलाई नेपालमा लगानी गर्न मन्त्री विष्टको आग्रह

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गरेका छन्। मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अव नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गरेका हुन्।

बालुवाटार जग्गा हिनामिनामा संलग्न पूर्वप्रधानमन्त्री र मन्त्रीहरुलाई कारवाही गर्न माग

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालुवाटारको सरकारी जग्गा हिनामिनामा संलग्न शक्तिशाली व्यक्ति तथा राजनीतिक पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमः जहाँ काम गर्ने मान्छे नै पाइएन

घिरिङ गाउँपालिका–४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएका बेरोजगार युवालाई काममा खटाउन कार्यपालिका बैठकले नयाँटार सिँचाई आयोजना र श्रृंगकाली मोटरमार्ग मर्मतको योजना छनोट ग-यो। वडामा ४२ जना बेराजगार सुचिकृत थिए। उनीहरुलाई काममा आउन पटकपटक बोलाइए पनि आएनन्। वडाको दुई वटा योजनाको लागि विनियोजन भएको दुई लाख रुपैयाँ काम नभएर फिर्ता भयो।

प्रदेश सरकारको अर्को टोली फेरि चीन जाने

आउँदो भदौमा प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी चीन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले भदौ १० गतेदेखि १६ गतेसम्म चीनको गान्सु प्रान्तको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको हो। मन्त्री गिरीको नेतृत्वमा ९ सदस्यीय टोली चीन भ्रमणमा जाने छ।

विद्वान पुर्खाहरुको देशमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कार गरेः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताएका छन्। तिलगंगा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विद्धान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए।

गुठी सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत: अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले गुठीहरूलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रूपमा चित्रण गरेका छन्।

मन्त्रीलाई कोट उपहार!

दलित तथा विपन्नहरुलाई सिलाई–कटाई तालिम दिने बजेटबाट हुम्लाका सरकारी कार्यालयका प्रमुख र मन्त्रीका स्वीकय सचिवले कोट सिलाएको विरोधमा साझा पार्टी कर्णाली प्रदेशले सामाजिक विकास मन्त्री दल रावललाई कोट उपहार दिएको छ।

भन्सार राजस्व साढे ८६ प्रतिशत मात्र

अर्थमन्त्री युवराज खतिवडाले वर्षौंदेखि भन्सार नाकामा भइरहेको न्यून बिजकीकरणले अर्बौं राजस्व गुमेको भन्दै यसलाई रोक्न सन्दर्भ मूल्य लागू गरेकामा यसको परिणाम उल्टो देखिएको छ।

ओलीपछि प्रचण्ड प्रधानमन्त्रीः नेता पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री हुने बताएका छन्। उनले पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भएको बेलामा आलोपालो सरकार चलाउने सहमती भएको बताउँदै ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री हुने स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्