८ मंसिर २०८१ शनिबार
image/svg+xml

आर्थिक अभावमा उपचार नहुँदा आठ बर्षदेखि ओछ्यानमै

बाह्रै महिना जस्तापाताको विस्तरा। एउटा होचो सिरानीको टेको। पातलो कम्बल। गुफामा गुम्सिएर निसासिँदो अनुहार देखाएझै सेतो प्लाष्टिकको पालभित्र जीवनको गुहार माग्नु उनको दैनिकी बनेको छ।

मोबाइलमा कुरा गर्न पाउँदा माझफालवासी दंग

ठूलीभेरी नगरपालिका ६ मा पर्ने रिनपुले डाँडामा नेपाल टेलिकमको नमस्ते मोबाइल सेवाको बीटीएस स्थापना गरेपछि माझफालबासीको हजारौं वर्ष अघिदेखिको मोबाइल फोन प्रयोग गर्ने सपना पूरा भएको हो। पिछडिएको दुर्गमबस्ती माझफाल, थरगाउँ र काँडातालीवासीले एक वर्षसम्मको प्रयासपछि नेपाल टेलिकमको बीटीएस प्रणालीबाट लाभान्वित हुन पाएका छन्।

विश्व शान्तिको कामना गर्दै मन्दिरमा पूजा

हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन्। नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय महिलाले सोमबार सामूहिकरुपमा मन्दिरमा भेला भई नवदुर्गादेवीको पूजाआजा गर्दै विश्व शान्तिको कामना गरेका हुन्।

नदीको भेलसँगै बग्दै करोडौं बजेट

प्राकृतिक सम्पदाका कारण डोल्पा पर्यटकीय हिसाबले निकै धनी जिल्ला हो। यहाँ यस्ता पर्यटकीय स्थलहरु छन्, जसले जो कोही आन्तरिक र वाह्य पर्यटकको मन सहजै तान्नसक्छ। नेपालकै ठूलो शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज, नेपालकैै सबैभन्दा गहिरो ताल फोक्सुण्डो, विश्वकै उच्च मानव बस्ती धो तराप उपत्यका, त्रिपुरासुन्दरी भगवतीको मन्दिर र शे गुम्बालगायतका दर्जनौं प्राकृतिक र पर्यटकीय सम्पदाहरु डोल्पामा छन्।

डोल्पालाई अर्गानिक उत्पादन क्षेत्रको रुपमा विकास गर्न अभियान

हिमाली जिल्ला डोल्पालाई अर्गानिक उत्पादन क्षेत्रको रुपमा विकास गर्ने गरि अभियानको थालनी गरिएको छ। विषादीको प्रयोग बढिरहेको बेला घरेलुरुपमा जैविक रसादीको उत्पादन गरि कृषकहरुलाई निशुल्क वितरण गरेर अभियानको थालनी गरिएको हो।

डोल्पाका ११ सय बालबालिका पाठयपुस्तकबाट बञ्चित

नयाँ शैक्षिक सत्र सूरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालवालिकाले पाठ्यपुस्तक पाएका छैनन्। तल्लो डोल्पामापर्ने जगदुल्ला गाँउपालिकाका ९ बिद्यालयका करिब ११ सय बालवालिकाहरु शैक्षिक सत्र सूरु भएको दुई महिनासम्म पनि पाठ्यपुस्तक विनै अध्ययन गर्न बाध्य भएका हुन्।

आत्मनिर्भरको बाटोमा उपल्लो डोल्पाका महिला

हिमाली जिल्ला डोल्पाको उपल्लो क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाका महिलाहरू आत्मनिर्भरको बाटोतर्फ उन्मुख भएका छन्। परम्परागत खेती तथा चुलोचौकोमा सीमित  शे–फोक्सुण्डो ६ का महिलाहरू सिपमुलक तथा आयआर्जनमुलक तालिम लिएर आत्मनिर्भरको बाटोमा अघि बढेका हुन।

डाेल्पाका पर्यटकीय पदमार्ग : भ्रष्टाचारीको कमाइ खाने भाँडो

संघ र प्रदेश सरकारबाट जिल्लाका आठै स्थानीय तहमा पर्यटन पदमार्ग निमार्णका लागि ५० करोडका झण्डै ४४ वटा योजना भित्रिएका छन्। कामै नगरी पेस्की निकासा गर्ने र कतिपय ठाउँमा सुरु नभई सम्पन्न भएको नक्कली कागज र किर्ते सही गरी रकम भुक्तानी लिने गरेको समेत पाइएको छ।

डोल्पामा एसइई परीक्षाको तयारी पुरा, ६५३ परीक्षार्थी सहभागी हुने

यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीषामा डोल्पाबाट ३ सय ४८ छात्र  र ३०५ छात्रा गरी ६ सय ५३ परीक्षार्थी सामेल हुने छन्।

विप्लवका दुई कार्यकर्ता पक्राउ

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको कोटबजार क्षेत्रबाट नेकपा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। चन्दा असुली तथा पर्चा पम्प्लेट टाँसिरहेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीगाउँका २८ वर्षीय पन्थे न्यावर र २३ वर्षीय मदन उखेडालाई त्रिपुराकोट प्रहरीले कोटबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

मदिरामाथि रोक लगाउँदै प्रहरी

त्रिपुरासुन्दरी नगरपालिका भित्र घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणमा प्रहरीले कडाई गरेको छ ।

डोल्पा–नेपालगन्ज यात्रामा सास्ती नै सास्ती

घरको आँगनबाटै गाडी चढेर नेपालगन्ज पुगिन्छ भन्ने सुन्दा त्रिपरासुन्दरी नगरपालिका–१ की सुस्मिता श्रेष्ठ कम्ती खुसी भएकी थिइनन्। किनकि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै उनको वर्षौंदेखिको सडक यात्राको सपना पूरा हुँदै थियो। उनले हवाई टिकट रद्द गरेरै पहिलोपटक गाडीबाट नेपालगन्ज जाने निधो गरिन्। जिपमा भएभरका सामान राखेर त्रिपुरासुन्दरी–१ छलगाडबाट यात्रा थालिन्।

हिमपातले अवरुद्ध जुफाल विमानस्थल खुल्यो

हिमपातले अवरुद्ध डोल्पाको जुफाल विमानस्थल ४ दिनपछि खुलेको छ। गएको मंगलबार रातीदेखि परेको अविरल बर्षापछि जुफाल विमानस्थलको धावनमार्गमा ४ देखि ५ फुट हिउँ जमेपछि बुधबारदेखि विमानस्थल अवरुद्ध भएको थियो।

डोल्पामा ७४ वर्षयताकै ठूलो हिमपात (फोटो फिचर)

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा ७४ वर्षयताकै ठूलो हिमपात भएको छ। सदरमुकाम दुने र त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा समेत ४ फुट हिउँ जमेको छ। भारी हिमपात भएपछि डोल्पाको जनजीवन कस्टकर बनेको हो।

डोल्पाका दुई सामुदायिक वनमा भीषण आगलागी

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका दुई सामुदायिक वनमा भीषण आगलागी भएको छ। त्रिपुरासुन्दरी नगरपालिका ६ मा पर्ने कैलाशी र ५ मा पर्ने लेखठेरी सामुदायिक वनमा लागेको आगलागीबाट वन क्षेत्रमा रहेका सल्लाका सयौं रूख जलेर नष्ट भएका छन्। शुक्रबार साँझबाट लागेको आगो नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय खदांगले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्