प्रदेश प्रहरी प्रमुख डोल्पामा, विप्लवका गतिविधिलाई निस्तेज पार्न निर्देशन
कर्णाली प्रदेशका प्रहरी प्रमुख (डिआईजी) पूर्णचन्द्र जोशीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधि निस्तेज पार्न मातहत निकायलाई निर्देशन दिएका छन्।
कर्णाली प्रदेशका प्रहरी प्रमुख (डिआईजी) पूर्णचन्द्र जोशीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधि निस्तेज पार्न मातहत निकायलाई निर्देशन दिएका छन्।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त भएको विकास बजेट समयमै खर्च हुन नसकेर फ्रिज भएको छ। विकासको लागि आएको ३५ करोड २२ लाख ६१ हजार रुपैयाँ समयमै काम नगरेर फ्रिज भएको हो।
डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १, २ र ३ मा पहिरो पीडितलाई राहत बाँड्न एक टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दबहादुर बुढा, सांसद बीरबहादुर शाही, बदनी बोहरा, कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायसहितको टोली त्यसतर्फ गएको हो।
डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १ २ र ३ मा पर्ने काँसिला खोलामा आएकोे बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता छन्।
कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौं मूल्यको औषधि करिब सातादेखि नेपालगन्ज विमानस्थलमा थन्किएको छ।
जाजरकोट– डोल्पा सडक अन्तर्गत पर्ने छलगाडदेखि त्रिपुराकोट बगरबजारसम्मको ३ किमि सडकको बिस्तार तथा स्तरउन्नती गरिने भएको छ।
पर्यटकमैत्री बासस्थानको लागि पर्यटकीय सम्पदाले धनि हिमाली जिल्ला डोल्पामा पहिलो पटक पर्यटकमैत्री घरवास कार्यक्रम लागु भएको छ।
यार्सागुम्बा खोज्न डोल्पा पुगेका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ। प्रतिकुल मौसमका कारण जिल्लाको वारेकोट गाउँपालिका वडा नम्बर १ आगरका १९ वर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका ६ धुमका २२ वर्षीय रमेश चलाउनेको ज्यान गएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।
विगतका वर्षहरुझै यो वर्ष पनि हिमाली जिल्ला डोल्पाका पाटनहरुमा बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्नेको भिड लागेको छ।
वारेकोट गाउँपालिका १ तलीआगरकी शारदा बुढा दुई तीन वर्षयता यार्सा खोज्न स्कुलको पढाइ छोडेर डोल्पा जाने गरेकी छिन्। स्कुलको पढाइभन्दा उनी यार्सा गुम्बा खोजेर मोटो रकम कमाउने दौडमा छिन्। परिवारको गरिबीका कारण वैशाख लाग्ने वित्तिकै उनको ध्यान डोल्पाको यार्सा गुम्बातिर जान्छ। वीरेन्द्र ऐश्वर्य मावि लिम्साको कक्षा ८ मा पढ्ने बुढा गाउँका अन्य व्यक्तिसँग यो पटक पनि डोल्पाको पाटनमा पुगेकी छिन्।
झ्वाट्ट हेर्दा गाढा नीलो देखिन्छ, फोक्सुण्डोको पानी। यहाँ आइपुग्ने आगन्तुकलाई आफ्नो स्कूले जीवनमा ‘फाउन्टेन पेन҆ मा भरेको नीलो मसीको याद आउँछ। हुन पनि त्यत्तिकै नीलो छ, फोक्सुण्डो ताल।
डोल्पा काईके गाउँपालिकाका तराली मगरहरुले यो वर्षको तिचुरोङ अर्थात चैती पर्व मनाएका छन्। प्रत्येक वर्ष बैशाखको दोस्रो सातामा मनाईने तिचुरोङ अर्थात चैती पर्व काईके क्षेत्रका तराली मगरहरुले आपसी एकता सद्भाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा मनाउने गर्छन्।
गैह्र दलितहरुको बाहुल्यता रहेको पहाडास्थित माझ गाउँमा रहेको धौलागिरी आधारभुत विद्यालयमा दलितले अध्यक्षको नेतृत्व हत्याउनु सानो कुरा थिएन। त्रिपुरासुन्दरी नगरपालिका ८ पहाडाका मानबहादुर विक पहिलो पटक ०७४ साउनमा उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने। र उनलाई ठुलै युद्ध जितेको महशुस भयो। सधै उपल्लो जातिबाट विद्यालयमा हुने गरेको थिचोमिचो र जातीय विभेद हटाउने संकल्प उनले गरे।
खेलकुद गतिविधि प्राय कमै हुने हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा नयाँ वर्षको अवसरमा डोल्पा प्रिमियर लिग हुने भएको छ।