पारसको अप्रत्याशित संन्यासस: लक्ष्यमा क्यान नेतृत्व
पारसले कप्तानको जिम्मेवारी त्याग्दा प्रदर्शनमा आफूमाथि दबाब कम गर्ने र नयाँलाई नेतृत्वको अवसर प्रदान गर्ने मुख्य कारण थियो। तर, यस पटक उनले अन्तर्राष्ट्रिय करियरबाटै बिदा लिँदा नयाँ कुराले चर्चा पाएको छ। त्यो हो, वि.सं.२०८० को असोजमा हुने नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन। त्यस निर्वाचनमार्फत उनी क्रिकेट मैदानबाट क्रिकेटको राजनीति अथवा व्यवस्थापनमा आउन चाहन्छन्। तर, राष्ट्रिय टोलीबाट खेलिरहँदा त्यो सम्भव थिएन।