व्यवसायीद्वारा यातायात निर्देशिकाको विरोध
यातायात व्यवसायीले सरकारले यातायात क्षेत्रलाई सुधार्न ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोध गरेका छन्।
यातायात व्यवसायीले सरकारले यातायात क्षेत्रलाई सुधार्न ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोध गरेका छन्।
गोगो फाउण्डेसनले यातायात व्यवसायीको एकाधिकारबाट आक्रान्त यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सात वटा निर्देशिकाको स्वागत गरेको छ।
गत शुक्रबार सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा उद्योगी व्यवसायी र विद्युतका अधिकारीहरुबीच छलफल चलिरहदा आधा घन्टाको समयमा चारपटकसम्म बत्ती गयो।
दक्षिण कोरियाका पर्यटकलाई नेपाल ल्याइरहेका यहाँका पर्यटन व्यवासायीले कोरियालीको भ्रमण सहज र सुरक्षित गराउने उद्देश्यले नयाँ संघ स्थापना गरेका छन्।
भरतपुर महानगरपालिकाले कर दस्तुरमा भारी वृद्धि गरेको भन्दै चितवनका व्यवसायीले विरोध गरेका छन्। चितवन उद्योग वाणिज्य संघले मंगलबार कर धेरै बढाएकोमा विरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो।
२० वर्षभन्दा पुराना गाडी चल्न नदिने सरकारी निर्णय सच्याउन यातायात व्यवसायीले माग गरेका छन्। उनीहरूले गाडीको निर्माण अवधिबाहेक सबै मापदण्ड पालना गर्न आफूहरू तयार रहेको पनि जनाएका छन्।
नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघबीच एकता भएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा मेडिकल एशोसिएसन र मेडिकल संघले संयुक्त पत्रकार सम्मेलन गरेर गाम्का र वायोमेट्रिकको नाममा जारी सिण्डिकेट अन्त्यको लागि दुई संस्था एक भएको बताएका छन्।
नेपाली व्यवसायीले कूटनीतिक पहल गरी तुरुन्त ग्यास ढुवानीका लागि बुलेट सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन आग्रह गर्दै आए पनि सरकारले खासै चासो दिएको छैन ।
बजारमा अव्यवस्थित रुपले मासु बध गर्ने प्रवृत्ति बढिरहेका बेला व्यवसायी तथा किसानलाई प्रशोधित मासु उत्पादनबारे प्रशिक्षण दिइएको छ।
नेपाल उद्योग परिसंघले मुलुकले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारले आर्थिक परिवर्तन तथा समृद्धिलाई आफ्नो लक्ष्यबनाउने अपेक्षा लिएको बताएको छ ।
वर्तमान सरकारले केही दिनअघि ६५ वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता दिने गरेको निर्णयले अर्थतन्त्रमा नकारात्मक असर पर्ने छ । दलहरूले लोकप्रिय हुने होडबाजीमा यस्तै निर्णय गर्ने हो भने देशमा टाट पल्टिने खतरा हुन्छ । एउटा सरकारले ७० वर्षबाट ६५ वर्षमा र अर्को सरकारले ६५ वर्षबाट ६० मा झार्दै जाने निर्णय गर्दै जाने हो भने मुलुकले धान्नै नसक्ने अवस्था आउन सक्छ । होडबाजीले मुुलुक टाट पल्टन सक्छ ।
अाइइसी कलेज अफ फेसन एन्ड आर्ट, युरो किङ्स तथा युरो स्कुलकी सञ्चालिका शैलजा अधिकारी एउटी कुशल शिक्षा व्यवसायीका रुपमा उदाएकी छन् । डेढ दशकयता उनको फेसन इन्स्टिच्युटबाट सचेत फेसन डिजाइनर मात्र उत्पादन भएका छैनन्, तिनले नयाँ नयाँ व्यवसायसमेत फैलाएका छन् । फेसनका बारेमा सचेत उनै शैलजालाई नागरिक परिवारकर्मी अच्युत कोइरालाले फेसनका विविध पाटाबारे जानकारी लिएका छन् ।
मनोज पुनको नाममा व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा संलग्न मनोज पुन हुँ भन्दै प्रदेश नम्बर ४ का सांसद तथा व्यवसायी बिन्दु थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट धम्कि दिई फिरौति मागेका थिए।
तीन सातादेखि रोकिएको अदुवा निकासी खुल्ने कुनै छनक नदेखिएपछि व्यवसायी र किसान आजित भएका छन् । वाणिज्य मन्त्रालयसमेत आफूहरूको समस्यामा गम्भीर नभएको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।
हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्। एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन्। पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए।