‘भारतीय रेल तराईबाट र चिनियाँ रेल केरुङबाट काठमाडौं आउँछ’
नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल काठमाडौं ल्याउने विषयमा पहल हुने बताएका छन्।
नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल काठमाडौं ल्याउने विषयमा पहल हुने बताएका छन्।
चीनसँगको व्यापारीक नाका रसुवागढीमा सोमबारदेखि कन्टेनर सञ्चालन रोकिने भएको छ।
चीनको केरुङमा नेपाली साना सवारी तथा मोटरसाइकल लैजान रोक लगाइएको छ । नाकामा सुन तस्करी गर्ने गिरोह सक्रिय भएको भन्दै चिनियाँ पक्षले नेपाली साना सवारी सञ्चालनमा रोक लगाएको हो ।
नेपाल भ्रमणमा आएका चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छन् । स्थलगत अध्ययन गरेको टोलीले उक्त रेलमार्ग बनाउन सकिने निष्कर्षसहित अबको जिम्मा नेपाल सरकारको हातमा रहेको संकेत पनि गरेका छन् ।
नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीसहितको टोलीले मंगलबार केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन गरेको छ । नेपाली अधिकारीसहितको संयुक्त टोलीले धादिङको गल्छी हँुदै रसुवागढी नजिकसम्म पुगेर स्थलगत अध्ययन गरेको हो।
केरुङ–काठमाडौं रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिकारीले बताएका छन् । सोमबार काठमाडौं आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले यहाँका सरकारी अधिकारीसँगको पहिलो बैठकमा चीन–नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।
केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउँदैछ । चिनियाँ उपमन्त्री सहितको उच्च स्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ।
गत हप्तादेखि बन्द रसुवागढी नाकाबाट आजदेखि व्यावसायिक कारोबार सुरु भएको छ।
चीनमा भोली हुने कंग्रेस सभाको चुनावको लागि अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द गरिएको छ। नेपाल र चिनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको हो।
नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार आगामी कात्तिक १ गतेदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई मध्यनजर राखी फाटफुटरुपमा घुम्न केरुङ जाने नेपालीलाई मितेरी पुलबाट नछोड्न चिनियाँ अधिकारीले आग्रह गरेका कारण केही समयका लागि अस्थायी पास भएका व्यक्तिलाई केरुङ जान रोक लगाइएको हो ।
शक्तिशाली भूकम्पका कारण सिन्धुपाल्चोकको खासा नाका बन्द भएपछि चीनसँगको व्यापारलाई सहज बनाउन रसुवाको केरुङलाई मुख्य नाका बनाउन सरकार सक्रिय छ ।
नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नति गरिएको छ । अन्तर्राष्ट्रिय नाकाको रुपमा रुपान्तरण भएपछि अब रसुवागढी–केरुङ नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथै तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन् ।
देशभरका युवायुवती रोजगारीको खोजीमा लाखौं खर्चेर सात समुद्रपारी गइरहँदा रसुवाली कामदार तिब्बतको सीमावर्ती बजार केरुङतिर आकर्षिक भइरहेका छन्।
रसुवा जिल्ला प्रशासन कार्यालय र चीनको जिलोङ काउन्टीका अधिबारीबीच सुरक्षा बैठक भएको छ। प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको नेतृत्वमा चिनको जिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारी कर्णेल गाओ हुइहाइ लगायत भन्सार, क्वारेन्टाईन तथा अध्यागमनका अधिकारीसँग शनिबार धुन्चे मा सुरक्षा बैठक भएको हो।
चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाकानजिकै केरुङमा रोकिएका छन्। चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन्। लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएका छन्।