८ मंसिर २०८१ शनिबार
image/svg+xml

हिमपातले नेपाल आउन लागेका मालबाहक कन्टेनर केरुङमै रोकिए

चीनको केरुङबाट सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनर केरुङमा नै रोकिएका छन्। केरुङमा हिमपात भएपछि सवारीको आवागमन रोकिएको त्यहाँ रहेका व्यावसायी पुरुषोत्तम पौडेलले बताए। हिमपातसँगै चिसो बढेपछि काम समेत गर्न नसकिएको उनको भनाइ छ।

दस हजार रसुवालीले लिए ‘चाइना पास’

चीनसँग सिमाना जोडिएको रसुवाका बासिन्दा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन्। त्यसका लागि रसुवागढी अध्यागमन कार्यालयले नेपाल–चीन आगमन–प्रस्थान अनुमति पत्र(चाइना पास) उपलब्ध गराउँछ। यो एकपटक बनाएपछि एक वर्षसम्म त्यहीं (केरुङ)बस्न पाइन्छ।

केरुङ जानका लागि १५ दिनको अस्थायी प्रवेश अनुमति

चीनको केरुङ जानका लागि राहदानी बाहक चालकले १५ दिनको अस्थायी प्रवेश अनुमति पाउने भएका छन्। चीनबाट सामग्री आयात गर्ने रसुवा बाहिरका कन्टेनर चालकलाई प्रवेशका लागि अस्थायी अनुमति दिन लागिएको हो। नेपाल चीन सीमा क्षेत्र र सुवागढीमा मंगलबार बसेको सीमा सुरक्षा बैठकले व्यापारिक वातावरण सहज बनाउनका लागि चालकलाई अस्थायी अनुमित दिने निर्णय गरेको हो।

लुम्बिनी र पोखरा रेलमार्गको काम पनि अगाडि बढ्ने

चीनले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनलाई सँगसँगै अघि बढाउने भएको छ ।

डिपिआर तयार गर्न चीन सकारात्मक

प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ। केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर तयार गर्न पनि सकारात्मक देखिएको छ।

पहिलो दिन सम्भाव्यता अध्ययनमा केन्द्रित

केरुङ–काठमाडौं रेलमार्गको तेस्रो बैठकमा उक्त रेलमार्गको सम्भाव्यता अध्ययनबारे छलफल भएको छ। सोमबारदेखि नेपाली र चिनियाँ अधिकारीबीच सुरु भएको तेस्रो बैठकको पहिलो दिन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ।

तेस्रो बैठक गर्न चिनियाँ टोली काठमाडौंमा

केरुङ–काठमाडौं रेलमार्गको तेस्रो नियमित बैठक गर्न चिनियाँ टोली आइतबार काठमाडौंमा आइपुगेको छ। अन्तरदेशीय रेलमार्ग निर्माण गर्ने विषयमा थप छलफल गर्न चिनियाँ टोली आएको हो।

केरुङ जान रसुवा बाहिरका नागरिकले एक दिने प्रवेशाज्ञा पाउने

चीनको केरुङ जानका लागि रसुवा बाहिरका नागरिकले एक दिने प्रवेशाज्ञा (वान डे पास) पाउने भएका छन्।रसुवाबासीलाई चीन सरकारले एक वर्षको पास उपलब्ध गराउँदै आएको छ।

प्रतिकिलोमिटर तीन अर्ब ५५ करोड लाग्ने

बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको निर्माण खर्च प्रतिकिलोमिटर तीन अर्ब ५५ करोड रुपैयाँ लाग्ने भएको छ।

केरुङ नाका नखुल्दा उपल्लो डोल्पावासीले चामल पाएनन

सरकारले अनुदान रकममा उपलब्ध गराउने चामल उपल्लो डोल्पावासीले गत आर्थिक वर्षदेखी हालसम्म पाउन सकेका छैनन। माथिल्लो डोल्पामा सरकारले दिने अनुदानको चामल तिब्बत सरकारले केरुङ नाका नखोल्दा उनीहरुले चामल नपाएका हुन्।

केरुङ–काठमाडौं रेलमार्ग : ९ वर्षभित्र निर्माण, साढे २ खर्ब लागत

सरकारले वार्षिक २८ अर्ब ५५ करोड लगानी गरे आगामी ९ वर्षभित्र केरुङ–काठमाडौं रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ। रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत २ खर्ब ५७ अर्ब हुने देखिएको छ। सोही आधारमा वार्षिक २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने देखिएको हो।

केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ।

अवैध बाटो हुँदै केरुङ पुगेका दुई पक्राउ

अवैध बाटो प्रयोग गरेर चीनको केरुङ पुगेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको चिलिमेका ४२ वर्षीय पुलिस तामाङ र तिब्बतीयन नागरिक १८ वर्षीय फुर्पु छिरिङ रहेका छन्।

चीनको केरुङमा पार्किङ शुल्क बढाइयाे

चीनको केरुङमा पार्किङस्थलको सङ्ख्या बढेसँगै पार्किङ शुल्कमा वृद्धि भएको छ । पार्किङ शुल्क बढेपछि नेपाली व्यापारी मारमा परेका छन् ।

केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै

केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्