सुदूरपश्चिमको साँघुरो हार
पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले अन्तिम पाँच ओभरमा निकै कसिलो बलिङ गरेपछि सुदूरपश्चिम जितनजिक पुगेर पनि पराजित भयो। अन्तिम ओभरमा पनि सुदूरलाई जितका लागि ६ रन आवश्यक भए पनि करणले तीन रन मात्र दिए।
पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले अन्तिम पाँच ओभरमा निकै कसिलो बलिङ गरेपछि सुदूरपश्चिम जितनजिक पुगेर पनि पराजित भयो। अन्तिम ओभरमा पनि सुदूरलाई जितका लागि ६ रन आवश्यक भए पनि करणले तीन रन मात्र दिए।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत पहिलो खुड्किलोको रूपमा रहेको एसिया छनोटमा सोमबार हङकङसँग ६ विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपनामा ठूलो धक्का लागेको हो।
कुइनोको चोटका कारण स्मिथले हालै सम्पन्न वेस्ट इन्डिज र बंगलादेश भ्रमणबाट नाम फिर्ता लिएका थिए। स्मिथले हालै मात्र आफू इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअघि पूर्ण फिट हुनका लागि ट्वान्टी–२० विश्वकप क्रिकेटसमेत गुमाउन तयार रहेको बताएका थिए। यसबाट स्मिथले सीमित ओभरका खेलभन्दा टेस्ट क्रिकेटलाई प्राथमिकतामा राखेको प्रस्ट हुन्छ।
डोडले नटआउट १ सय ३३ रनको इनिङ खेल्दा डच क्रिकेट इतिहासकै पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शतक बनेको थियो।
भारतलाई अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक थियो, तर पाण्ड्याले अन्तिम ओभरको चार बलमा दुई छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए।
वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको तेस्रो ट्वान्टी–२० क्रिकेट वर्षाका कारण रद्द हुँदा घरेलु टोली न्युजिल्यान्डले तीन खेलको शृंखला २–० ले आफ्नो बनाएको छ।
मोर्गान र मलानले तेस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै पाकिस्तानको हातबाट जित खोसेका थिए। त्यो जितसँगै ५० ओभरको विश्वकप च्याम्पियन इङ्ल्यान्डले तीन खेलको ट्वान्टी–२० शृंखलामा १–० ले अग्रता बनाएको छ।