१४ आश्विन २०८१ सोमबार
image/svg+xml

युएईमा नेपाली उत्पादनको बजार खोज्दै दूतावास

संयुक्त अरब ईमिरेट्स (युएई)मा नेपाली उत्पादन प्रबर्द्धनका सम्भावनाबारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाली दुताबास युएईले आयोजना गरेको कार्यक्रममा नेपाली उत्पादनलाई युएईको बजारसम्म ल्याउन चुनौतीबारे छलफल भएको थियो।

युरोपियन मापदण्डको विद्युतीय सवारी नेपाली बजारमा

नेपालमा विभिन्न कारणले वातावरण प्रदुषण बढ्दै गइरहेको छ। वातावरणीय प्रदुषणको प्रमुख कारणमध्ये धुलो तथा धुवायुक्त सवारी साधन पनि हो। बढ्दो वातावरणीय प्रदुषणका कारण दिनप्रतिदिन सर्वसाधारणको स्वास्थ्यमा पनि विभिन्न संक्रमण बढ्दै गएको पाइन्छ। इन्धनबाट चल्ने पुरानो सवारी साधनका कारण पनि वातावरण प्रदुषण बढ्दै गएको हो।

नोकिया ३३१० फेरी बजारमा आउने

इतिहास बनिसकेको नोकिया ३३१० मोडल फेरी बजारमा आउने भएको छ। २६ फ्रेव्रुअरीमा हुने वर्ल्ड मोबाइल कांग्रेसमा नोकियाले ३३१० मोडललाई फेरि सार्वजनिक गर्न लागेको हो। उक्त फोन सेटको मुल्य करिब ६४ सय पर्ने अनुमान गरिएको छ।

अस्थिर सेयर बजार

चालू आर्थिक वर्षभित्र बैंक तथा वित्तीय संस्थाले तोकिएअनुसार पुँजी वृद्धि गर्नुपर्ने नियामक निकायको निर्देशनका कारण बोनस र हकप्रदका माध्यमले बजारमा बढ्दो सेयर आपूर्ति चाप तथा पछिल्लो समयमा निक्षेपमा उच्च ब्याजदरजस्ता कारणले सेयर बजारमा निरन्तर उतारचढाव देखिएको छ।

सेयर बजारमा अर्को पहिरो

माघ महिनाभर निरन्तर ओरालो लागेको सेयर बजारमा फागुनको पहिलो दिन पनि त्यही गति कायम रह्यो। आइतबार नेप्से सूचक ४३.७३ बिन्दुले तल ओर्लंदा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाएका छन्।

तिम्रो 'माया' आयातित बजारको...

काठमाडौंको बजारमा हिजोआज मायाको चर्चा अलि धेरै हुन थालेको छ। कफीसप, सपिङ मल, फूलपसल, खुला पार्क होस् या बाटोघाटो, मायाको चर्चा सुनिन्छ। यसको कारण हो– फेब्रुअरी १४ अर्थात् 'भ्यालेन्टाइन्स डे'। यसैका कारण उपत्यकाका फूलपसलमा भिड बढ्न थालेको छ।

नेपाली चुल्ठो र दाह्री विदेशी बजारमा

नेपालबाट विश्वका धेरै देशमा विभिन्न सामग्री निर्यात हुन्छन् तर अन्यन्तै सानो संख्यामा। त्यही सानो संख्यामा निर्यात हुने एक वस्तु हो– 'फल्स वियर्ड' अर्थात् नक्कली दाह्री। सुन्दा अचम्म लाग्न सक्छ तर नेपालबाट नक्कली दाह्री, आइब्रो, आइलेसलगायत शंृगारका सामग्री निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ।

सिजनमै चिनीमा कालोबजारी

उखु क्रसिङ गरेर चिनी उत्पादन गर्ने सिजनमै व्यापारीले भाउ बढाएर कालोबजारी गरेका छन्। चिनी कम उत्पादन भएको र साल्ट ट्रेडिङ कर्पोरेसनमा स्टक सकिन लागेको सुइँको पाएपछि व्यापारीले एकाएक भाउ बढाएका हुन्।

सिंगापुरमा बनेको मोबाइला नेपाली बजारमा

एक नयाँ ब्राण्ड ओट्टो नेपाली डिजिटल इलेक्ट्रोनिक्स बजारमा प्रवेश गरेको छ। नेपाली फिल्म लट–२ द्वारा न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा ओट्टो मार्क सार्वजनिक गरियो। कार्यक्रममा हाकु (अभिनेता सौगात मल्ल) र गोफ्ले (अभिनेता दयाहाङ राई) तथा जयमाँ इन्टरकन्टिनेन्टल प्रालिका प्रतिनिधिहरुको उपस्थिति थियो।

सेयर बजारको बाटो

सबैतिर जसरी भए पनि पैसामात्र कमाउनुपर्छ भन्ने मनोविज्ञान हावी भएको आजको नेपालमा सेयर बजारलाई सीमित स्वार्थको कैदी हुने अवस्थाबाट जोगाउनुपर्ने देखिन्छ।

एमएडब्लुको ‘नयाँ स्कोडा र्‍यापिड’ बजारमा

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित स्कोडा र्‍यापिडको फेसलिफ्ट नेपाली बजारमा भित्र्याएको छ । नयाँ क्रिस्टलाइन डिजाइन ल्यांग्वेजमा तयार गरिएको र्‍यापिडको नयाँ रुप हो भन्दै कम्पनीले नेपालमा स्कोडा र्‍यापिड १६ सय सिसीको पेट्रोल इन्जिन र १५ सय सिसीको डिजेल इन्जिनमा उपलब्ध हुने जनाएको छ ।

सेयर बजारमा पहिरो

बजारमा लगानीयोग्य पुँजीको अभाव, बढ्दो ब्याजदर, तथा मार्जिन कलले गर्दा लगानीकर्ताले घटेरै भए पनि सेयर विक्री गर्न थाल्दा बजार सोमबार एकै दिन ६५.४४ बिन्दुले ओर्लिएको छ। अघिल्लो साताभर करीब ९० अंकले घटेको नेप्से परिसूचकमा यो हप्ता पनि सुधार आउने संकेत देखिएको छैन। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सबै उपसूचकहरु घटेका छन्।

सेयर बजारको पैसा बैंकतिर

ब्याज उच्च दरले बढेपछि ठूला लगानीकर्ताले सेयर बेचेर बैंकमा पैसा राख्न थालेका छन् । बैंकले मुद्दती खातामा वार्षिक १२ प्रतिशतसम्म ब्याज दिन थालेपछि सेयर बिक्री गरेर बैंकमा पैसा राख्न थालेका हुन् । सेयरमा लगानी गर्नुभन्दा बैंकमा जम्मा गर्दा जोखिम कम हुन्छ ।

छेक्दैन धुलो बजारिया मास्कले

तपाईंहामीमध्ये अधिकांशले सहरको धुलो, धुवाँ र चिसोबाट बच्न नाकमुख ढाक्नेगरी माक्स लगाउँछौं । विडम्बना ! हामीले प्रयोग गरिरहेको मास्कले धुलोधुवाँ छेक्न भने सक्दैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्