१४ आश्विन २०८१ सोमबार
image/svg+xml

कालोबजारी आरोपमा दुई अध्यक्ष पक्राउ

महोत्तरी प्रहरीले मङ्गलबार जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सोनौल–४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर–९ बस्ने स्थानीयवासी शिवाजी सहकारी संस्थाका अध्यक्ष गणेश राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए।

सच्चिँदै सेयर बजार

गत साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से आइतबार घटेर १५२२.८० बिन्दुमा आइपुगेको छ । पछिल्लो करिब साढे चार महिनामा नेप्सेमा ३५८.६५ बिन्दुले गिरावट आएको छ । दैनिक घट्न थालेको बजारको गिरावट अब कुन बिन्दुमा पुगेर रोकिएला ? यसको उत्तर लगानीकर्ता र विश्लेषकले समेत दिइरहेका छैनन् ।

सेयरबजारमा 'कामचोर' कर्मचारी

सिंगो बैंकिङ क्षेत्रको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकका कर्मचारी नै कार्यालय समयमा सेयर कारोबारमा संलग्न हुने गरेको भेटिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा बैंकका सहायक निर्देशक दण्डप्रसाद खरेलसहितका कर्मचारी सेयरबजारमा संलग्न भएको भेटिएको हो।

बानेश्वरको तरकारी बजार भत्काइएकोमा महासङ्घको विरोध

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले २०५८ सालदेखि सञ्चालित बानेश्वर मीनभवनस्थित तरकारी बजार कुनै विकल्प नदिई राज्यको ठूलो साधनस्रोत प्रयोग गरी, प्रहरी प्रशासनको बलमा बलजफ्ती भत्काइएकोमा विरोध जनाएको छ ।

देशभरि पाँच स्थानमा कृषि र पशुबजार बन्दै

कृषि तथा पशुजन्य उत्पादन बजार सुनिश्चित गर्न सरकारले ठूला बजार निर्माण सुरु गरेको छ। किसानका उत्पादनलाई सहज बिक्री–वितरणको व्यवस्था मिलाउन सरकारले देशका पाँच स्थानमा क्षेत्रगत आधारमा कृषि, पुष्प र पशुबजार निर्माण अघि बढाएको हो।

सुस्तायो सेयर बजार

सेयर बजार सुस्ताएको छ। कारोबार रकममै मंगलबारभन्दा बुधबार २६ करोड ३१ लाख भन्दा बढीले कमी आएको छ। मंगलबार कुल ७७ करोड १८ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएकोमा बुधबार ५० करोड ८७ लाखको मात्र कारोबार भएको छ।

वार्षिक २५ अर्बको मोबाइल बजार ब्यवस्थित हुँदै

हालै, मोबाइल फोन आयातकर्ताहरूले आफ्नो छाता संगठनको रुपमा मोबाइल फोन इम्पोर्टस् एसोसिएसन गठन गरेका छन्। मोबाइल फोन उपभोक्तालाई राम्रो सुविधा दिन, नेपाल दूरसञ्चार प्राधिकरणसँग सहकार्य गर्न र आफ्नो हकहितलाई ध्यानमा राखेर संघ खोलेको उनीहरूको भनाइ छ। यसै सन्दर्भमा किन संघको आवश्यकता पर्‍यो, मोबाइल आयात, मोबाइल बजार लगायतका विषयमा नागरिकका कुबेर चालिसे र सन्तोष न्यौपानेले एसोसिएसनका नवनियुक्त अध्यक्ष तथा सामसङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसका अध्यक्ष दीपक मल्होत्रासँग गरेको कुराकानी:

बन्द खुलेपनि बजार सुनसान

पाँच नम्बर प्रदेशका पहाडी जिल्लाई तराइसँग अलग गराइ चार नम्बर प्रदेशमा लैजान खोजिएको बिरोधमा गत बुधबारदेखि जारी रहेको बन्द मंगलबारदेखि खुलेको छ। बन्द खुलेपनि बजार सुनसानै छ।

महाबजारमा हराएको हाँसो

विश्वबजारमा विस्तारै नेपालको कोलाज बिम्बभित्र नेपाली श्रमजीवी अन्तर्राष्ट्रिय वर्ग बनिसकेको देखिन्छ। नेपालमा युवालाई काम छैन, कामका लागि युवा छैनन्। फुर्सदिला वर्गका नेपाली पनि प्रवासमा रातदिन श्रम गर्दैछन्। नेपालमा हराएको भविष्य विदेशमा खोजिरहेका नेपाली बोनस युवा शक्तिलाई सदुपयोग गर्न सकेमा नेपाल समुन्नत बन्न सक्छ। विदेशी महाबजारमा हराएको हाँसो स्वदेशमा बचाउन सकिन्छ।

सेयर बजार ओरालो लाग्यो

धितोपत्र बजारमा नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन बजार ७.८४ बिन्दुले ओरालो लागेको हो । एक हजार ६०९ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ६०० बिन्दुमा कायम भएको छ ।

सेयर बजार उकालो लाग्यो

लगातार घट्दै आएको सेयर बजार आज भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ। लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार आज २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक एक हजार ५५३ बिन्दुमा पुगेको छ।

'पुँजी बजार रिङरोडभित्र सीमित छ'

२८ वाणिज्य बैंकले सर्वसाधारणबाट १७ खर्ब ६४ अर्ब निक्षेंप संकलन गरेका छन्। १ करोड ३० लाखले बैंकमा खाता खोलेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष एवं मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल शाह ७ लाख ५३ हजारले बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गरेको बताउँछन्।

स्टकले लगायो सर्किट ब्रेक, ५६ अङ्कले घट्यो बजार

धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पाँच सय ३४ बाट ५६ अङ्कले घटेर एक हजार चार सय ७८ बिन्दुमा कायम रहेको छ ।

मंगलबजारमा पसल भाडा दुई सयभन्दा कम

मङ्गलबजारमा एउटा सटरको भाडा कति पर्ला रु जो कसैले ५० हजार वा त्योभन्दा बढी अनुमान गर्न सक्छ। ललितपुरको केन्द्रका रुपमा रहेको र पर्यटकको समेत चहलपहल हुने यो स्थानमा अधिकांश कबलको भाडा रु २०० भन्दा कम छ भन्दा विश्वास नलाग्न पनि सक्छ।

सेयर बजार नियन्त्रण गर्न 'सर्किट ब्रेकर'

सेयर बजार उच्च अंकले घटेपछि सर्किट ब्रेकर लगाएर नियन्त्रण गर्नुपरेको छ। साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको साढे २ घन्टामै सेयर बजार मापक नेप्सेे ७९.२१ बिन्दुले घटेको थियो। कारोबार सुरु भएदेखि नै नेप्से परिसूचक निरन्तर ओरालो लागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्