७ वैशाख २०८१ शुक्रबार

पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चन्द्रागिरिले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने

चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने भएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो।

कर्णालीमा कोरोनाः ४२ हजार परीक्षण गर्दा १९ सय बढीमा कोरोना

कर्णालीमा हालसम्म ४२ हजार एक सय ४१ जनाको कोभिड–१९ अर्थात् कोरोना परीक्षण गरिएको छ । काम विशेष र रोजगारीका लागि प्रदेश बाहिर, दोस्रो तथा तेस्रो मुलुकमा गएकाको कोरोना परीक्षण गरिएको हो ।

भारत र तेश्रो मुलुकबाट आएकालाई न क्वारेन्टिन न परीक्षण

बुटवल १३ बेलबासका २७ वर्षे युवक साउन २ गते साउदी अरवबाट नेपाल आए । १४ दिन क्वारेन्टिनमा बसेर पिसीआर गरेपछि घर जाने योजना सहित आएका उनलाई बुटवल उपमहानगरले क्वारेन्टिनमा राख्न मानेन । पिसीआर वा आरडिटि टेष्ट पनि गरिदिएन । त्यसपछि उनी सरासर घर गए ।

रोल्पामा १३ जनामा कोरोना संक्रमण

शुक्रबार रोल्पामा १३ जना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा रोल्पा नगरपालिका वडा न. ४ मा एक जना र वडा न. १० मा १२ जना गरि १३ जनामा संक्रमण पुष्टी भएको हो ।

रसुवाको नौकुण्डका नौजनाले कोरोना जिते

रसुवाको नौकुण्ड गाउँपालिकाका नौ जनाले कोरोना जितेका छन् । यही असार १३ गते शनिबार कोरोना पोजेटिभ देखिएका उनीहरूको पछिल्लो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

प्रदेश २ मा स्वाबको चाङ, परीक्षण निराशजनक

मुलुकमै सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का सबै क्वारेन्टिन सर्वसाधरणले भरीभराउ छन् । यहाँका क्वारेन्टिनहरूमा अधिकांश भारतबाट आएका हजारौँ नेपालीहरू छन् । आरडिटी परीक्षणमा अधिकांशको रिपोर्ट नेगेटिभ आइरहेपनि पिसिआर परीक्षणमा संक्रमणमा पोजेटिभ देखिएर संख्या बढ्दो छ ।

म्याग्दीका पहिलो संक्रमितको पुनःपरीक्षण पोजेटिभ

जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । जिल्लाको मालिका गाउँपालिका–४ घर भएका ३० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

जसले हजार माइल यात्रा गरे, घर अगाडि ज्यान गुमाए

पञ्चपुरी–¬१, का २० वर्षीय युवक भारतमा रोजगारी गुमेपछि जेठको पहिलो साता स्वदेश फर्किए। हजार माइल यात्रा गरेर आएका उनी कोरोनाको जोखिम न्यूनीकरण गर्न गाउँमै बनाएको क्वारेन्टिनमा बसे। १५ दिन क्वारेन्टिनको बसाइँ पछि आरडीटी रिपोर्ट नेगेटिभ आउँदा खुसी साथ घर फर्किए। सुखी साथ परिवारसँग सँगै बस्ने उनको यात्रा घर नजिकै सकियो। मृत्युपछि कोरोना परीक्षण गर्दा उनीमा पोजेटिभ पुष्टि भयो।

पिसीआर परीक्षणपछि ४५ घर फिर्ता

जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका ४५ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ।

पिसीआर रिपोर्ट नआउँदै घर पठाइए संक्रमित

रुपन्देहीमा आइतबार कोरोना संक्रमण पुष्टि भएकाहरूलार्ई यसअघि नै क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । मर्चवार स्थित सम्मरीमाइ गाँउपालिका वडा न ५ का २ जना र वडा नं. ७ का एक जनाको आज कोरोना रिपोर्ट पाजेटिभ आएको छ ।

बाहिरबाट आएकाको पिसीआर परीक्षण गरिँदै

भारतबाट आएर तनहुँका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेकाको पिसिआर परीक्षण शुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्