coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

दफा १८ को अन्तर्य

दफाको उपदफा (४) मा यस अघि कुनै एउटै संस्थाले उत्पादन, प्रशारण तथा वितरण समेतका कामहरू गरिरहेको भए ५ वर्ष भित्र उत्पादन, प्रशारण तथा वितरणको लागि अलग अलग संस्था गठन गर्नु पर्ने बाध्यात्मक व्यवस्था छ।

फलाटे र लालटेमा विद्युत पहुँच

हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा विद्युत् सुविधा पुगेको छ। नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को ती दुई क्षेत्रमा विद्युतीकरण गरेपछि स्थानीय औधी रमाएका हुन्।

एमसिसीको आर्थिक विवेचना

एमसिसीको अनुदान लिएर बुटवलसम्म प्रशारण लाइन बनाउनु (जुन भारतको गोरखपुरसँग जोडिनेछ) भनेको बिजुली सस्तोमा भारत निकासी गरेर नेपाललाई बिजुली खपत बढाउनबाट वञ्चित गर्नु हो ।

मादीको सट्टा हाइड्रोपावर गाउँ

हिमालकै फेदमा छ कपुचे ताल। त्यही ताल मादीको मुहान हो। तालबाट निस्किएको पानी तल झर्दै गएपछि बाहव बढ्दै नदीको रूप लिएको छ। उक्त मादी नदीकै नामबाट कास्कीको उत्तरपूर्वमा रहेको मादी गाउँपालिकाको नामाकरण हुन पुगेको थियो। अहिले भने मादी गाउँपालिकाको परिचय फेरिएको छ। अहिले मादीलाई ‘हाइड्रोपावर गाउँ’ भन्न थालिएको छ।

हास्यव्यंग्य टेली सिरियल ‘खाईस् की !’ बुधबारदेखि प्रशारण

किशोर अधिकारी (अनुराग)को लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली हाँस्यव्यंग्य सिरियल ‘खाईस् की !’ भोली बुधबारबाट प्रसारणमा आउने भएको छ। सिरियल हरेक बुधबार साझ ७ः३० मा काष्ठमण्डपबाट प्रसारणमा आउन लागेको हो।

नेपालमा भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने अपरेटरहरुको निर्णय

केवुल अपरेटरहरुले नेपालमा भारतीय न्यूज च्यानल प्रशारण बन्द गरेका छन्। नेपालमा विदेशी च्यानल वितरण गर्दै आएका मल्टी सिस्टम अपरेटरहरुले दुरदर्शन बाहेकका भारतीय न्युज च्यानलहरुको प्रसारण नगर्ने भएका हुन्।

सिंगटी–लामोसाँघु प्रशारण लाइनको काम नरोक्न अदालतको आदेश

यही बिचमा एक साता अघि उक्त कम्पनीले उच्च अदालत पाटनमा आफ्नो जग्गा भित्र टावर ठड्याउने काम रोक्नका लागी अन्तरिम आदेश जारी गरी पाउँ भनी हालेको रिटमा अदालतले गत बुधबार अन्तरीम आदेश जारी गर्नुनपर्ने नदेखिएको भन्दै कानुन बमोजिम प्रशारण लाइनको काम तत्काल अगाडी बढाउन आदेश गरेपछि प्राधिकरणलाई त्यस स्थानमा टावर ठड्याउन बाटो खुलेको हो । यो एउटै टावरमा अवरोध हुँदा सिंगै आयोजना लामो समय देखी पछाडी धकेलिदै आएको थियो ।

एमसीसी संसदले पास नगरे प्रशारण लाइन सरकार आफैंले बनाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेलियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास भए पनि नभए पनि लप्सीफेदी रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली बुटवल ४०० केभी प्रशारण लाइन बनाएर नै छाड्ने बताएका छन्।

राष्ट्रिय प्रशारण लाइनमा हाइभोल्टेज, एकको मृत्यु, तीन घाइते

यहाँको एक घरमा प्रयोग गरिएको विद्युत लाइनमा हाइभोल्टेज करेन्ट आउँदा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ। हाइभोल्टेज करेन्ट आउदा कमलामाई नगरपालिका-७ सिम्लेकी ३९ वर्षिया माइतीमाया भोलनको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। मृतक भोलनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिए।

कर्णालीका जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जुम्लामा विद्युतको वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराएका छन्।

दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ।

दुई वर्षभित्र दोर्दी खोलाबाट थप एक सय १८ मेगावाट बिजुली

लमजुङको दोर्दी खोलामा निर्माणाधीन चारवटा जलविद्युत् आयोजनाले दुई वर्षभित्र एक सय १८ मेगावाट बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएका छन्। उक्त खोलामा पिपुल्स हाइड्रोले ५४ मेगावाटको सुपर दोर्दी, लिबर्टी इनर्जीले २५ मेगावाटको अपर दोर्दी ए, दोर्दीखोला जलविद्युत् कम्पनीले १२ मेगावाटको दोर्दी १ र हिमालयन पावर पार्टनरले २७ मेगावाटको दोर्दी खोला निर्माण गरिरहेका छन्। कुल १८ अर्ब ९७ करोडको लागतमा निर्माण भइरहेका उक्त चार आयोजनाको काम द्रुत गतिमा भइरहेको छ।

खिम्ती–ढल्केबर प्रशारण लाइन सञ्चालनमा, १३ वर्षपछि निर्माण पूरा

खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइन औपचारिक रुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार दोलखाको खिम्तीमा एक समाहरोहबीच प्रशारण लाइनको उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्