९ मंसिर २०८१ आइतबार
image/svg+xml

३१ अरब वैदेशिक लगानी प्रतिवद्धता

विभिन्न मुलुकका लगानीकर्ताले चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब २१ करोड रूपैयाँ नेपालमा वैदेशिक लगानी गर्ने प्रतिवद्धता गरेका छन्।

नदी फर्काउन सुरुङको काम सकियो

प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको बाँध लगायतका संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।

विदेशी लगानी प्रतिबद्धता १२ अर्ब घट्यो

मुलुकमा वैदेशिक लगानी आवश्यक भएको भन्दै सरकारले विदेशी लगानी आकर्षित गर्ने नीति लिएपछि प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा भने गिरावट आएको छ।

अरूण तेस्रो जलविद्युत् आयोजनाको निर्माण ६२ प्रतिशत

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भएको ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको ६२ प्रतिशत निर्माण सकिएको छ

वैदेशिक लगानीको वातावरण खोइ?

अर्थतन्त्रको बाह्य क्षेत्र वर्षको सुरुदेखि नै समस्याग्रस्त देखियो भने आन्तरिक क्षेत्रमा सरकारले राखेका कुनै पनि लक्ष्य पूरा हुन सकेन।

वैदेशिक लगानी बढ्यो: ५४ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

उद्योग विभागका अनुसार आव २०७८/७९मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रूपैयाँ लगानी प्रतिवद्धता वृद्धि भएको छ।

कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणलाई स्वीकृति

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले वैदेशिक लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी संस्थापनाको बाटो खुलेको बताए।

विदेशी लगानी बढ्यो: साढे ३३ अर्ब विदेशी लगानी स्वीकृत

मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) भने बढेको छ।

चालु आवमा विदेशी लगानी बढ्योः ३० अर्ब विदेशी लगानी स्वीकृत

विदेशी लगानी भित्र्याउनका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार तत्पर छ। सरोकारवालाका सुझाव लिएर सुधार गर्दै लैजान्छौं। लगानीमा देखिएका बाधा, व्यवधानलाई सहजीकरण गर्न तयार छौं। –रामचन्द्र तिवारी, महानिर्देशक,उद्योग विभाग

‘विकासका लागि पुँजीगत खर्च र वैदेशिक लगानी वृद्धि आवश्यक’

मुलुकको आर्थिक विकासका लागि पुँजीगत रकमको खर्च र प्रत्यक्ष वैदेशिक लगानी वृद्धि गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।

आधाभन्दा बढी वैदेशिक लगानी औद्योगिक क्षेत्रमा

औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ।

त्रिशूली १ जलविद्युत् आयोजनाको निर्माण सुरु

ठेकेदार कम्पनीले आयोजनाको २०८३ को मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो विष्फोट गराइएको छ। मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङ लगायत संरचना निर्माण सुरु गरिएको छ।

वैदेशिक लगानीलाई रातो कार्पेट

मुलुकमा विदेशी लगानी भित्रन नसकेको पृष्ठभूमिमा लगानी ल्याउन सहजीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको यो नीतिले नेपालमा विदेशी लगानी ल्याउन केही लचिलो व्यवस्था गरेको छ। यो व्यवस्थाको सबैभन्दा सकारात्मक पाटो अब कुनै पनि विदेशी लगानीकर्ताले राष्ट्र बैंकको स्वीकृतिबिनै विदेशी लगानी ल्याउन सक्नेछन्।

प्रत्यक्ष वैदेशिक लगानीको ५१ प्रतिशत सेवा क्षेत्रमा

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार सो अवधिसम्म नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको छ। ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी भएको छ। सेवा क्षेत्रअन्तर्गत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको राष्ट्र बैंकले प्रतिवेदनको नतिजा उद्धृत गर्दै जानकारी दिएको छ।

कृषिमा वैदेशिक लगानी

१५औँ योजनाले करिब ५६ प्रतिशत लगानी निजी क्षेत्रबाट जुटाउने प्रक्षेपण गरेको छ । यसलाई मूर्तरूप दिने हो भने जस्तोसुकै विषम् परिस्थितिमा पनि लगानीमैत्री वातावरणलाई धुमिल बनाउने वा बहानाबाजी गर्ने छूट हामी कसैलाई छैन र दिनु पनि हुँदैन । जस्तोसुकै राजनीतिक परिवेश बन्दै गए पनि स्थायी सरकारकारूपमा कार्य सम्पादन गर्ने तालुक निकाय र सम्बद्ध कर्मचारी प्रशासनले लगानी भित्र्याउने कामलाई विलम्ब गर्न कदापि हुँदैन र पाइँदैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्