१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सप्तरीमा थप दुई जना थपिएसँगै संक्रमितको संख्या चार पुग्यो

सप्तरीमा थप २ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या चार पुगेको छ। बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला परीक्षणबाठ डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ का २२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए।

बाँकेमा थपिए चार जना नयाँ संक्रमित

बाँकेमा चार जना नयाँ कोरोना संक्रमित थपिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला गरिएको परीक्षणका क्रममा बाँके राप्तीसोनारी र डुडुवा गाउँपालिकाका २÷२ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिएका छन्।

कोरोना संक्रमित फरार

जनकपुरस्थित कोभिड अस्पतालबाट एक जना कोरोना संक्रमित पुरुष फरार भएका छन् । मानसिक सन्तुलन गुमाएका हरिपुर्वा नगरपालिका–३ का ४५ वर्षीय पुरुष आइतबार बिहान करिब ३ बजे अस्पतालबाट फरार भएको प्रहरीले पुष्टि गरेको छ ।

२ सय ७१ मध्ये ३२ जना निको भएर फर्किए

प्रदेश नं. ५ मा कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्कन थालेका छन् । बुटवलको धागो कारखानामा संचालित कोभिड अस्पतालबाट शनिबार साँझ १० जना संक्रमित निको भएर घर फर्केका हुन । उनीहरु सबै कपिलवस्तुका हुन ।

कराँची जेलमा तीनसय संक्रमित

पाकिस्तानको कराँचीस्थित जेलमा तीन सय भन्दा बढी बन्दी कोरोना भाइरसबाट संक्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा संक्रमण फैलिएको अधिकारीहरु जानकारी दिएका छन् ।

जनकपुर र वीरगंजका अस्पतालमा वेड अभाव भएपछि सर्लाहीमा प्रदेश सरकारको आइसोलेसन वार्ड

प्रदेश दुई सरकारले कोरोना भाइरसबाट संक्रमित राख्नका लागि सर्लाहीमा आइसोलेसन वार्ड तयार पारेको छ । प्रादेशिक अस्पताल जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल लगायत ठाउँहरुमा वार्ड अभाव भएपछि प्रदेश सरकारले सर्लाहीमा आइसोलेसन वार्ड तयार पारेको हो ।

लक्षण विनाका कोरोना संक्रमितले अस्पताल भरिए

कोरोना संक्रमितले तराईका अधिकांश कोरोना अस्पतालहरु भरिसकेका छन। केहि बाँकी रहेका पनि संक्रमित थपिदैं जाँदा छिट्टै भरिने निश्चत छ। तर अस्पतालको आइसोलेसनमा रहेका अधिकांशमा कोरोनाको गम्भीर लक्षण नै नदेखिएको प्रदेशका मुख्य अस्पतालहरुले जनाएका छन्।

सिसिटिभीको निगरानीमा संक्रमित

बैतडीका कोरोना संक्रमितलाई सिसिटिभीको प्रत्यक्ष निगरानीमा राखिएको छ । पहिलोपटक शुक्रबार जिल्लामा संक्रमित भेटिएपछि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारत उनलाई सिसिटिभीको निगरानीमा राखिएको हो ।

कोरोना पुष्टि भएको चार दिनपछि अस्पताल

कर्णालीका एक मात्र कोरोना संक्रमित दैलेखस्थित आठबीस–१, सात्तलाका ३५ वर्षीय युवालाई चार दिनपछि मात्र अस्पताल पु-याइएको छ। प्रदेश राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना अस्पतालमा ती युवालाई ल्याइएको हो।

‘पुनर्जन्म पाएजस्तो अनुभूति’

‘आत्मविश्वासका साथ स्वास्थ्यकर्मीको निर्देशन पालना गरे कोरोनालाई जित्न सकिन्छं। डराउने होइन सचेत हुने हो। मनोबल उच्च बनाउने हो।’ ...

कोरोना संक्रमितलाई चार दिनसम्म अस्पताल पुर्‍याइएन

कर्णालीका एक मात्र कोरोना संक्रमित दैलेखस्थित ३५ वर्षीय युवालाई अस्पताल पुर्‍याउनुको सट्टा विद्यालयमा राखिएको छ । जसले गर्दा मनबोल कमजोर बनेको कोरोना संक्रमित आठबीस–१, सात्तलाका ती युवाले बताए ।

कोरोना संक्रमितको भरतपुरमा उपचार हुँदै

भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ।

कोरोना अपडेटः विश्वभर संक्रमित ५१ लाख बढी, ३ लाख २९ हजारको मृत्यु

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका छन्।

विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो: डब्लुएचओ

डब्लुएचओले बुधबार एकै दिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ। गत डिसेम्बरमा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो संख्या देखिएको हो।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो

गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्