८ मंसिर २०८१ शनिबार
image/svg+xml

कृषि विकास बैंकको २०% बोनस सेयर

कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो।

निगमको बोनस बाँड्न ७७ करोड विनियोजन

इन्धन कारोबारमा एकाधिकार पाएको नेपाल आयल निगमले गत वर्षको नाफाबाट कर्मचारीलाई बोनस बाँड्न ७७ करोड रुपैयाँ छुट्ट्याएकोे छ । बोनस ऐन–२०३० मा भएको प्रावधानमा टेकेर गत वर्ष (०७३-७४ ) को नाफाबाट उक्त रकम विनियोजन गरेको निगमले जनाएको छ ।

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ। बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ।

अपि पावरको आठ प्रतिशत बोनस सेयर

अपि पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर (कर बाहेक) दिने भएको छ । पुस ३० गते राजधानीमा भएको कम्पनीको १४औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

टेलिकमको ‘विन्टर अफर’ : डाडामा विशेष बोनस

नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ।  कम्पनीले शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ। डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ।

सन्राइज बैंकको बोनस सेयर पारित

सनराइज बैंक लिमिटेडको प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको सोमबार भएको १०औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले १५ प्रतिशत अर्थात एक अर्ब ६ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने छ । यसबाट बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ नाघेको कम्पनीले जनाएको छ ।

चुक्ता पुँजी पुर्‍याउन विकल्पमा बोनस र हकप्रद

चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पु¥याउनुपर्ने बाध्यतामा रहेका वाणिज्य बैंकहरुले विकल्पका रुपमा बोनस सेयरलाई अगाडि सारेका छन् । राष्ट्र बैंकले यसअघि नै आगामी पुसभित्र आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन समय सीमा तोकेको थियो ।

पुँजी वृद्धि गर्न बोनस र हकप्रदको प्रस्ताव

गत अर्थिक वर्षको बाह्य लेखापरीक्षण गर्दाको अवस्थासम्ममा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएपछि बैंकहरुले पुँजी वृद्धि गर्न बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेका छन्। गत आवको नाफाबाट केही बैंकले पुँजी वृद्धिका लागि बोनस सेयरको प्रस्ताव सञ्चालक समितिबाट पारित गरिसकेका छन्।

बार्सिलोनाले रोक्यो नेइमारको बोनस

ब्राजिलियन स्ट्राइकर नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) जाने हल्ला चुलिएसँगै बार्सिलोनाले उनलाई दिने भनिएको २ करोड ६० लाख युरो बोनस रोकेको मंगलबार क्लब स्रोतले बताएको छ।

'त्रुटिपूर्ण' बोनस ऐन सच्याऊ

बोनस ऐनमा भएको छिद्रमा टेकेर सरकारी स्वामित्वका सार्वजनिक संस्थाले मनपरी ढंगले बोनसको लागि रकम विनियोजन गरेको भन्दै सांसदहरुले ऐनलाई सच्याउन माग गरेका छन्। सरकारी लगानी भएका संस्थान घाटामा हुँदा सरकारले खर्च बेहोर्नु पर्ने र नाफा भए कर्मचारीले बोनस खाने परिपाटी रहेकाले ऐनमा भएको कमजोरी हटाउनु पर्ने बताए।

'आयल निगमको बोनस पूर्वाधारमा लगाऊ'

नेपाल आयल निगमले कर्मचारीलाई बोनस बाँड्न विनियोजन गरेको रकम वितरण नगर्न संसदीय समितिले निर्देशन दिएको छ। निगमले बोनस शीर्षकमा सवा दुई अर्ब रुपैयाँ रकम छुट्ट्याएकोमा सो रकम पूर्वाधार विकासमा लगाउन वा मूल्य स्थिरीकरण कोषमा जम्मा गर्न संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले बुधबार निर्देशन दिएको हो।

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

जिएसएम मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट नै बोनस टक टाइम पाउने अफर ल्याएको छ।

टेलिकमको नयाँवर्ष अफरः रिचार्जमा १५ प्रतिशत बोनस, सयमा ४०० एमबी डाटा

नेपाल टेलिकमले अफ्ना ग्राहकका लागि नयाँ्वर्ष अफर ल्याएको छ । अफरअन्तर्गत रु. १०० को रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० र १००० को रिचार्ज गर्दा १५ प्रतिशत बोनस ब्यालेन्स प्राप्त गर्ने टेलिकमले जनाएको छ।

जाँदाजाँदै आधा अर्ब बोनस

पर्यटनमन्त्री जीवनबहादुर शाहीले पदबाट बाहिरिनु दुई दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका ८ सय कर्मचारीलाई ५३ करोड २७ लाख रुपैयाँ बोनस बाँड्न सहमति दिएको खुलेको छ।

ऐन र नियमावली लत्याउँदै बोनस

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नै ऐनमात्र नभई बोनस नियमावली, २०३९ समेत लत्याउँदै करोडौं रुपैयाँ बोनस बाँड्ने निर्णय गरेको तथ्य भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्