८ मंसिर २०८१ शनिबार
image/svg+xml

एनसेलका पे एज यु गो प्रयोगकर्तालाई डाटा बोनस

नसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढि शुल्क लाग्ने कुनै डरबिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन सक्नेछन्। एनसेल प्राईभेट लिमिटेडले नयाँ डाटा बोनस योजना सार्वजनिक गरेको छ। जस अन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने २ रुपैयँँ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्नेछ।

तीन महिनामा साढे चार करोड कित्ता बोनस सेयर सूचीकृत

चालु आर्थिक वर्ष ०७६/७७ को असोज मसान्तसम्म चार करोड ५७ लाख ६३ हजार ६ सय सात कित्ता बोनस सेयर सूचीकृत भएका छन्।

नागरिक उड्डयन प्राधिकरण : सवा अर्ब बोनस बाँड्न चलखेल

एक दशकदेखि अर्थ मन्त्रालयको दबाबमा कर्मचारीलाई बोनस रकम बाँडन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अहिले मन्त्री फेरिएसँगै फेरि सोही प्रयोजनका लागि चलखेल सुरु गरेको छ। योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएलगत्तै कर्मचारीलाई एक अर्ब २६ करोड रुपैयाँ बोनस वितरण गर्न चलखेल सुरु भएको हो। आर्थिक वर्ष २०६८÷०६९ देखि नाफामा गएको प्राधिकरणले बोनस वितरणका लागि एक अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ।

हकप्रद र बोनस सेयर जारी गर्दै बिमा कम्पनी

बिमा समितिले गत आर्थिक वर्ष ०७५/७६ मा दुवैथरी बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि उनीहरुसँग मर्जरमा जानुबाहेक अन्य विकल्प थिएन। अहिले समितिले हकप्रद र बोनस सेयर जारी गर्न अनुमति दिएपछि सहज भएको बिमा कम्पनीले बताएका छन्।

विद्युत प्राधिकरणको कार्यक्रममा उर्जामन्त्री बोल्दा विजुली गएपछि...

नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ। आइतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

नेपाल लाइफ इन्स्योरेन्सको बोनस र लाभांश पारित

सभाबाट आर्थिक वर्ष ०७४/७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाब, नगद प्रवाह विवरण र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्ताव स्वीकृत भएको कम्पनीले जनाएको छ।

हकप्रद, मर्जर र एक्विजिसनको बाटो त्याग्दै वाणिज्य बैंक

अधिकांश वाणिज्य बैंकले यो वर्ष लगानीकर्ता (सेयरधनी) लाई नगद र बोनस लाभांशमात्र दिने भएका छन्। चुक्ता पुँजी आठ अर्ब पु-याइसकेका प्रायः सबै बैंकले हकप्रद, मर्जर तथा एक्विजिसनको बाटो त्यागेर उक्त प्रस्ताव अगाडि सारेका छन्।

एनआइसी एसिया बैंकको १० प्रतिशत बोनस सेयर

एनआइसी एसिया बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

टेलिकमले ल्यायो छुट र बोनस अफर

नेपाल टेलिकमले दसैंको उपलक्ष्यमा विभिन्न सेवामा छुट तथा बोनस दिने भएको छ । टेलिकमले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो।

बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर

बैंक अफ काठमाण्डूले चुक्ता पुँजीको १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको २३औं वार्षिक साधारणसभाले उक्त बोनस दिने निर्णय गरेको हो ।

गण्डकी विकास बैंकको बोनस पारित

गण्डकी विकास बैंक लिमिटेडको १९.३१०६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको आइतबार बसेको १०औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।बैंकले आर्थिक वर्ष ०७३-७४ सम्मको सञ्चित नाफाबाट उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने

साल्ट ट्रेडिङ कर्पोरेशनले आव २०७३/७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्