पर्सामा कार्यकर्ता हत्या गर्ने जोसुकै भए पनि तुरुन्त कारबाही गरियोस् : प्रचण्ड
आइतबार बेलुका विज्ञप्ति जारी गर्दै प्रचण्डले हत्याजस्तो जघन्य अपराधमा पनि सम्बन्धित स्थानीय निकायले उजुरी लिन आनकानी गरिनु आश्चर्यको विषय भएको बताएका हुन्।
आइतबार बेलुका विज्ञप्ति जारी गर्दै प्रचण्डले हत्याजस्तो जघन्य अपराधमा पनि सम्बन्धित स्थानीय निकायले उजुरी लिन आनकानी गरिनु आश्चर्यको विषय भएको बताएका हुन्।
कांग्रेसले घटनाको निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन केन्द्रीय र प्रदेश (२ नम्बर) सरकारसँग माग गरेको छ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विज्ञप्ति प्रकाशन गरी आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक घरबाट निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएका हुन् ।
सोमबार राति आएको रिपोर्टमा पर्सा जिल्लामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जका बिभिन्न वडाका ब्यक्ति, एउटा उद्योगमा कार्यरत कामदार, अन्य जिल्लाका मानिसहरु गरी १५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायि कोभिड अस्पतालका डा. निरज सिंहले बताए।
पर्सा जिल्लामा पर्ने महुवन बजारमा शुक्रबार कृषि मेला सुरु भएको छ। तरकारी उत्पादनमा जिल्लाकै प्रमुख थलोका रुपमा रहेका भौराटार, पटनी, विश्रामपुर, सेमरवारी लगायतलाई पायक पर्नेगरी कृषि ज्ञान केन्द्र वीरगन्ज पर्साले कृषि मेला आयोजना गरेको हो।
व्यवस्थापन उपसमिति संयोजक रामबहादुर पाख्रिन, सुनाखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष देवीप्रसाद दाहाल, स्थानीय बुद्धिजीवि प्रतापश्रेष्ठ, महोत्सव प्रचार प्रसार समितिका संयोजक माधव तिमिल्सिना लगायत पत्रकार सम्मेलनमा उपस्थित थिए ।
पर्साको पोखरीया नगरपालिकाको वडा नम्बर ४ र ५ मा सोमबार राति करिब साढे नौ बजेदेखि सुरु भएको आगलागी अनौठो किसिमले फैलिएको देखिएको छ। करिब साढे ४ घण्टाको लागातार प्रयासपछि नियन्त्रणमा आएको आगोले घर, पान पसल, गोठ, छाप्रो र किसानले गाईबस्तुका लागि राखेका परालको कुन्यूहरु जलेका छन्।
नेपाल भ्रमण वर्ष २०२० मा पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढाउन जिल्लास्थित सरोकारवालाले छलफल चलाएका छन्। निकुञ्ज कार्यालय र यस भेगका सरोकारवालाले भ्रमण वर्षमा पर्यटक आगमन बढाउने तयारी स्वरुप आफ्नो भूमिका प्रभावकारी बनाउने सरोकारवालाले जनाएका छन्।
बालकको अपहरण गरेर फिरौती लिन आएका अपहरणकारीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। अपहरित बालकलाई सकुशल उद्धार गरिएको छ।
गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरी (टोर्नेडो) पर्साको सखुवा–पर्सौनीमा सुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको थियो।
१४ वटा स्थानीय तह भएको पर्सा जिल्ला नेपालको ७० औं खुल्लादिशामुक्त क्षेत्र जिल्लाको रुपमा घोषणा भएको छ । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जलाई र पर्सा जिल्लालाई एकसाथ एउटै मञ्चबाट खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा गरिएको हो।
पर्सा प्रहरीले अपहरणकारीलाई जोगाउनका निम्ति अपहरणमा परेका युवालाई नै पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको पीडितका परिवारजनले आरोप लगाएका छन्। अपहरणकारीको कब्जाबाट फुत्किएर आफैं प्रहरीकहाँ पुगेका उपनेश चौरसियालाई प्रहीले फसाउन खोजेको उनका पिता जंगबहादुर चौरसिया, आमा सौखरानी देवी र परिवारका अन्य सदस्यले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन गर्दै आरोप लगाए।
पर्सामा बाढीमा डुबेर थप एक बालकको मृत्यु भएको छ। यसअघि पनि १४ बर्षमुनिका २ बालकको यसपालिको मुसलधारे पानीले ल्याएको बाढीमा डुबेर मृत्यु भएको थियो। तीन बालक र एक जना बयस्क गरी बगेर र डुबेर मृत्यु हुनेका संख्या पर्सामा ४ पुगेको छ।
पर्सामा बाढीमा बगेर मृत्यु हुनेकाे संख्या ३ पुगेको छ। यसअघि दुई जना बालकको बाढीमा बगेर मृत्यु भएकोमा सोमबार बिहान वीरगन्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलाका ५० वर्षीय दुर्गा साह तुराहा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाढीले बगाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ।
पर्सागढ़ी नगरपालिका –३ बढ्निहारमा निर्माण हुन लागेको ‘तम्बा छ्योइलिङ्ग गुम्बा’को शुक्रवार शिलान्यास गरिएको छ।