१५ मंसिर २०८१ शनिबार
image/svg+xml

मुआब्जाको अझै टुंगो छैन

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले भेरी नदीको चिप्लेमा बाँध (ड्याम) निर्माण गर्दा लेखबेसी नगरपालिका–१ का गेहेन्द्र पाण्डेको घर, मिलसहित एक बिघा जमिन डुवानमा पर्छ।

बाँध र विद्युत्गृह निर्माणको टुंगो छैन

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसक्दा बाँध र विद्युत्गृह निर्माणको टुंगो लागेको छैन। यसले आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका बढाएको छ।

अवलोकनकर्ताको रोजाइमा भेरी–बबई सुरुङ

सडक सव–डिभिजन कार्यालय डोल्पाका इन्जिनियर जगन्नाथ खनालको मनमा खुल्दुली थियो– मेसिनबाट खनेको सुरुङ कस्तो होला ? सुरुङ खन्ने मेसिन(टिबिएम)लन्च भएको थाहा पाएका खनालले मनमनै वाचासमेत गरिसकेका रहेछन्– डोल्पाबाट झरेपछि जसरी पनि मेसिनबाट खनेको सुरुङ अवलोकन गर्छु।

भेरी–बबई डाइभर्सन आयोजना ६ महिनामा चार किलोमिटर सुरुङ

नेपालमै पहिलोपटक भेरी–बबई डाइभर्सन आयोजनामा प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम)ले ६ महिनामा चार किलोमिटर सुरुङ खनेको छ । राष्ट्रिय गौरवको यो आयोजनामा कात्तिक २० गते (नोभेम्बर ६) देखि टिबिएम प्रयोग गरिएको थियो।

तत्काल थप रकम नदिए भेरी–बबईको काम प्रभावित हुने

सरकारले तत्काल थप बजेट व्यवस्थापन नगरे भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम प्रभावित हुने भएको छ । राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले चालु आर्थिक वर्षको बजेटमा ८८ करोड रूपैयाँ छुट्ट्याएको छ । यसमा ६७ करोड रूपैयाँ पुँजीगततर्फको बजेट हो । आयोजनाले बजेट अपुग हुने भन्दै यही आवका लागि थप चार अर्ब रूपैयाँ मागेको छ । सोहीअनुसार सिँचाइ मन्त्रालयले थप बजेट व्यवस्थापन गरिदिन अर्थ मन्त्रालयसँग अनुरोध गरेको थियो । तर, अर्थले उक्त रकम हालसम्म उपलब्ध गराउन सकेको छैन ।

भेरी–बबई डाइभर्सनमा विकास हेर्नेको घुइँचो

नेपाल प्रहरीका जागिरे नेपालगन्ज, गणेशपुरका रबिन खड्कालाई धेरै अघिदेखि एउटा उत्सुकता थियो– मेसिनबाट सुरुङ खनिन्छ भन्छन्, कस्तो होला ! उनी यही उत्सुकता मेट्न घरबिदामा आएको बेला मोटरसाइकल चढेर निर्माणस्थल (सुर्खेत, हात्तीखाल) मै पुगे ।

भेरी–बबई आयोजनामा पाँच सयलाई रोजगारी

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजार सम्म कमाउँदै आएका छन् ।

भेरी–बबईमा नोभेम्बरदेखि टिबिएमबाट सुरुङ

लामो प्रतीक्षापछि आइपुगेको अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) ले आउँदो नोभेम्बरदेखि सुरुङ खन्न थाल्ने छ । चीन र अमेरिकामा तयार गरिएको टिबिएम भेरी बबई डाइभर्सन आयोजनाको कार्यस्थलमा ल्याएर जडान गर्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्