१५ मंसिर २०८१ शनिबार
image/svg+xml

यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा चलाइने

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा निकालिने भएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ।

पिताको ब्रह्म–निर्वाण यात्राको साक्षी पुत्री

गहिरो चोटले घाइते हृदय, रातभरको अनिद्राले सुस्त शरीर, मानसिक थकानले शून्य दिमाग, आँखा वरिपरि घना अन्धकार छाएको त्यो क्षण। कोलाहल र भीडभाडमा समेत सुनसान र एक्लै लागेको २०७७ भाद्र ३ गतेको त्यो बिहानी। त्यो बिहान हाम्रो घरमा को आयो, को गयो, कसले कसलाई के भन्यो मलाई केही स्मरण छैन।

कांग्रेसको उल्टो यात्रा

नेकपाको फुटले कांग्रेसलाई फाइदा हुने विश्लेषण नेतृत्वमाझ अहिले चर्चाको विषय बनेको छ । नेकपालाई हेर्ने दृष्टिकोणमा समेत सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच खण्डित विचार आउनु न कांग्रेसका लागि फाइदा हुने कुरा हो न त राष्ट्र र लोकतन्त्रका लागि नै ।

चर्चित गायिका सेलेना गोमेजले सांगितिक यात्रामा पूर्णविराम लगाउँदै

अमेरिकाकी चर्चित एवं लोकप्रिय पप गायिका सेलेना गोमेजले संगीत क्षेत्रबाट अवकाश लिने सोच बनाएको बताएकी छिन्।

‘बी’ डिभिजिन लिग: सातदोबाटोको अपराजित यात्रा कायमै

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोको अपराजित यात्रालाई निरन्तरता दिन दोर्जे तामाङले निर्णायक गोल गर्दा आरसिटीको जितमा अजित गुरुङले गरेको गोल नै पर्याप्त बनेको थियो। सातदोबाटोलाई जित दिलाउन पेनाल्टीबाट खेलको २५औं मिनेटमा गोल भएको हो।

इमरान खानको कोलम्बो–यात्रा

दक्षिण एसियाली मुलुक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोभिड–१९ महामारीको बेलामा पनि अर्को दक्षिण एसियाली मुलुक श्रीलङ्काको यही फागुन ११ र १२ गते श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षको निमन्त्रणामा भ्रमण गरेका छन्। प्रधानमन्त्री खानलाई श्रीलङ्का भ्रमणका लागि भारतले आफ्नो वायु–सीमा प्रयोग गर्ने अनुमति दिएर पाकिस्तानप्रति आफ्नो सदासयता प्रकट गरेको छ।

पदयात्रा पर्यटनः आन्तरिकले मात्र टिक्दैनौ, विदेशीको टुंगो छैन

कोरोना भाइरस संक्रमणको त्रासले नेपालमा विदेशी पर्यटक आउन नपाएको करिब वर्षदिन पुग्नै लागेको छ । विदेशी पाहुना आउन नपाएपनि पछिल्लो समय आन्तरिक पर्यटकको भरमा पर्यटन क्षेत्रमा केही चहलपहल भने सुरु भएको छ । तर, विदेशी पर्यटकलाई साहसिक पदयात्राका गन्तव्यमा पठाएर व्यवसाय धानेका पदयात्रा व्यवसायी भने आन्तरिक पाहुनाबाट लाभ पाउन सक्ने अवस्था नभएको बताउँछन् ।

सरकारको उल्टो यात्रा

कोभिडका कारण मुलुकको अर्थतन्त्र समस्यामा परिरहेका बेला सरकारले अर्थतन्त्र उकास्नतर्फ ध्यान दिनुपर्ने हो । त्यसका लागि सरकारी कोषलाई मितव्ययी हिसाबले खर्च गर्दै धराशायी भएका उद्योग/व्यवसाय उकास्नतर्फ लाग्नुपर्ने हो । छिटोभन्दा छिटो खोप ल्याएर आफना नागरिकको जीवन रक्षा गर्नुपर्ने हो तर सरकार भने उल्टो बाटो हिँडेको छ ।

अबको अप्ठ्यारो यात्रा

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार निर्वाचन आयोगमा पुगेर आदेशको शैलीमा अनुरोध गरेका छन्– सूर्य चिह्न मलाई । पछिल्लो समयमा प्रधानमन्त्रीहरू निर्वाचन आयोगमा जाने गरेका थिएनन् । बरु निर्वाचन आयोग बालुवाटारमा बोलाएर बैठक गर्ने गरेका थिए । यसपटक भने ओली आफैँ आयोगमा निर्वाचन तयारीबारे छलफल गर्ने निहुँमा पुगेर सूर्य चिह्न दाबी गरेका हुन् ।

पदयात्राको नयाँ गन्तव्य-अन्नपूर्ण नर्थ बेसक्याम्प

मोटरबाटोले चल्तीका पदमार्ग थिल्थिलो भएका छन्। मोटरबाटो विस्तार भएसँगै पदमार्ग छोटिएका छन्, पदयात्रा अवधि घटेको छ। हप्तौं लगाएर पूरा हुने पदयात्रा अहिले केही दिनमा सकिन थालेका छन्।

सडक छ, सवारी चल्दैनन्

सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरिगाउँसम्म जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने भेरी नदीमा पुल नबन्दा सडक बनेपनि यातायातका साधन भने सञ्चालन हुँदैनन् ।

ज्येष्ठ नागरिकलाई देवघाट तीर्थयात्रा

स्वदेशी र विदेशी पर्यटकलाई सुविधायुक्त पर्यटक सवारीमार्फत सेवा प्रदान गर्दै आएको यात्री बस प्रालिले राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ ।

बेलायतबाट नेपाल आउने यात्रुको लागि सशर्त हवाई यात्रा अनुमति

बेलायतमा कोरोना भाइरसको नयाँ ‘भेरियेन्ट’ फेला परेपछि एक महिनाअघि नेपाल सरकारले लगाएको यात्रामा प्रतिबन्ध हटेको छ।

गन्तव्यहीन यात्रा

राजा महेन्द्रको स्वार्गारोहण भएको अपुष्ट खबर फैलिएपछि २०२८ साल माघ १७ गते काठमाडौँमा सन्नाटा छायो । दिउँसो ठीक बाह्र बजे राजसभा स्थायी समितिका सभापति रंगनाथ शर्माले स्वर्गारोहणको औपचारिक घोषणा गर्दै महेन्द्रका जेठा छोरा वीरेन्द्र राजगद्दीको उत्तराधिकारी भएको घोषणा गरे ।

कालिञ्चोक यात्रा

दोलखा जिल्लाको कालिञ्चोक गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण छ। विशेषगरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्