९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेकपामा तीन नेताका तीन तयारी, पूर्व एमाले मिलाउने ओलीको प्रयास

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता संकटमा परेपछि संकट मोचनको आ–आफ्नै तयारी गरेका छन्।

ओलीको उधारो आश्वासनमा नेपालको ‘अविश्वास’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच अन्तरद्वन्द चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरे पनि नेपालको विश्वास जित्न सकेका छैनन।

नेकपा भित्रको राजनीति : आगामी नेतृत्वका लागि माधव नेपाललाई ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ।

नेपाल फकाउने कसरतमा ओली

प्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई फकाउन शुरु गरेका छन्। दसैं अघि र दसैं टिका सकिए लगत्तै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई वालुवाटार बोलाएर दुई घण्टा बढी छलफल गरेका छन्।

कम्युनिस्ट पार्टी ‘अलौकिक’ वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था होइन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउनु पर्ने बताएका छन्। ४२ औं पुष्पलाल स्मृति दिवशमा विज्ञप्ति जारी गर्दै नेपालले कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्