१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विपद व्यवस्थापन कोषमा होटल व्यवसायीको सहयोग

जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका होटल व्यवसायीले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरिदिएका छन्। कोरोना भाइरस निवारणका लागि सचेतनामुलक गतिविधि सञ्चालन गर्न, आवश्यक जनशक्ती परिचालन गर्न, उद्धार तथा सहयोगका सामग्री जुटाउने लगायतका प्रयोजनका लागि हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको नगरस्तरिय विपद व्यवस्थापन कोषमा २५ हजार रूपैयाँ जम्मा गरेका हुन्।

कोभिड–१९ पछि विश्व संरचनामा होला परिवर्तन ?

अर्थशास्त्रीहरूले यो स्वास्थ्य संकट समाधान हुन कम्तीमा ३ महिनादेखि १ वर्षसम्म लाग्न सक्ने अनुमान गरेका छन् । त्यसबीचमा विश्वको विद्यमान व्यापार तथा आर्थिक संरचनामै परिवर्तन आउन सक्ने आकलन गरिएको छ ।

बन्दीपुरबाट १२ विदेशी फर्कन मान्दैनन् आफ्नो देश

विभिन्न मुलुकबाट नेपाल घुम्न आएका १२ जना विदेशी पर्यटक बन्दीपुरमा छन्। लकडाउनका कारण रोकिएका उनीहरू स्वदेश फर्कन भने मान्दैनन्। ती पर्यटक आफ्नो मुलुकको तुलनामा नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहेको बताउँदै फर्कन नखोजेका बन्दीपुर बजार इकाई समिति अध्यक्ष बैंश गुरूङले बताए।

रोल्पामा निरन्तर र्‍यापिड टेष्ट, सबैको रिर्पोट नेगेटिभ

शुक्रबारदेखि प्रदेश नं. ५ मा कोरोना भाइरस (कोभिड–१९) र्‍यापिड टेस्ट निरन्तर चलिरहेको छ। मंगलवार सम्म ६४ जनाको जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो। जिल्ला अस्पतालको प्राविधिक टोलीले सुनिलस्मृती, रोल्पा नगरपालिका लगायतका स्थानीय तहबाट र्‍यापिड टेष्ट सुरु गरेको थियो।

‘नेगेटिभ’ रिपोर्ट देखिए पनि क्वारेन्टाइनमै

जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट ‘नेगेटिभ’ देखिएका दुई जनालाई क्वारेन्टाइनमै राखिएको छ। स्वाब परीक्षणको क्रममा कोरोना भाइरसको रिपोर्ट ‘नेगेटिभ’ देखिएका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय पुरुष र खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका राई थरका युवालाई क्वारेन्टाइनमै राखिएको हो।

राहतमा स्थानीय सरकार ‘खुकुलो’

जिल्लामै बढी उद्योग–कारखाना रहेको सूर्याेदय नगरपालिकाले असंगठित क्षेत्रका श्रमिक र असहायलाई राहत वितरण गर्दैछ । नगरले असंगठित श्रमिकको क्षेत्र र असहाय व्यक्ति/परिवारको मापदण्ड भने संघीय सरकारको भन्दा ‘खुकुलो’ बनाएर राहत वितरण गर्न लागेको हो ।

‘लकडाउन’को मारमा परेका दुई सय २० परिवारलाई खाद्यान्न

खोटाङको खोटेहाङ गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको ‘लकडाउन’का कारण ज्यालादारीको काम गर्न नपाउँदा समस्यामा परेका असंगठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई पहिचान गरेर गाउँपालिकाले खाद्यान्नका सामग्री प्रदान गरेको हो ।

कांग्रेस नगर सभापतिद्वारा ६ हजार किलो चामल प्रदान

नेपाली कांग्रेस त्रियुगा नगर सभापति सरोज बस्नेतले लकडाउनमा त्रियुगा नगरस्तरीय राहत कोषलाई ६ हजार किलो चामल प्रदान गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जारी लकडाउनले घरबाहिर निस्कन नपाएका श्रमिक, मजदुर र विपन्न वर्गलाई राहत वितरण गर्न सो सहयोग गरेका हुन् ।

सुर्खेतमा आठ करोड बढीको कोष

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरससँग जुध्न दुई करोडको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ। उक्त कोषमा उद्योगी, व्यवसायी, विभिन्न संघसंस्था, बैंक, लघुवित्तले रकम जम्मा गर्ने क्रम जारी छ। वीरेन्द्रनगरजस्तै सुर्खेतका प्रायः स्थानीय तहले विपद् व्यवस्थापन कोष स्थापना गरेका छन्। जसबाट उनीहरू कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि काम गरिरहेका छन्।

करिब १५ सय लिटर सोडियम हाईपोक्लोराइड छर्किर्दैं

खोटाङको दिक्तेलबजारमा कोरोना भाइरस (कोभिड–१९)को जिवाणु नाश गर्ने रसायन (औषधि) स्प्रे गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारको विभिन्न स्थानमा करिब १ हजार ५ सय लिटर सोडियम हाईपोक्लोराइड नामक डिसइन्फेक्ट्यान्ट स्प्रे गरेको हो ।

यस्तो देखियो लकडाउनमा स्वयम्भू क्षेत्र (फोटो फिचर)

विश्‍‍वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रण गर्न सरकारले देश लकडाउन गरेको छ। नेपालमा पनि कोरोना संक्रमणको डर बढ्दै छ। चैत ११ बाट देश लकडाउन भएपछि काठमाडौंको एक महत्वपूर्ण धार्मिक स्थल स्वयम्भू नाथ क्षेत्र पनि सुनसान भएको छ।

थन्किए ग्यास बुलेट

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि देशभर लकडाउन छ। लकडाउन अगावै भान्साका लागि आवश्यक ग्यास सिलिण्डरको जोहो गरेकाहरूले खाली सिलिण्डर फिर्ता नगर्दा उद्योगमा आएका बुलेट थन्किएका हुन्। धादिङका १३ ग्यास रिफिल उद्योगले करिब १० लाख सिलिन्डर बजार पठाएका छन्। यी उद्योगले सामान्य अवस्थामा दैनिक २० हजार सिलिन्डर बजार पठाउने गरेका छन्। ग्यासका बुलेट आए तर बजारमा पठाएका सिलिण्डर नआउदा समस्या परेको उद्योग संचालकहरू बताउँछन्।

राहतमा संघभन्दा स्थानीय सरकार ‘खुकुलो’

जिल्लामै बढी उद्योग–कारखाना रहेको सूर्याेदय नगरपालिकाले असंगठित क्षेत्रका श्रमिक र असहायलाई राहत वितरण गर्दैछ। नगरले असंगठित श्रमिकको क्षेत्र र असहाय व्यक्ति/परिवारको मापदण्ड भने संघीय सरकारको भन्दा ‘खुकुलो’ बनाएर राहत वितरण गर्न लागेको हो।

खोटाङको दिप्रुङमा ६ सय परिवारलाई राहत

जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका ६ सय परिवारलाई राहत बाँडेको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’ का कारण मारमा परेका श्रमिक तथा असहायलाई गाउँपालिकाले प्रतिघर २५ केजी चामल, २ केजी दाल, एक पोका तेल र एक केजी नून प्रदान गरेको हो।

लकडाउनका कारण थुनिएकाहरूको विवरण खोज्दै उदयपुर लिमचुङबुङका अध्यक्ष

कोरोना भाईरस (कोभिड–१९) को जोखिक नियन्त्रणको लागि देश लकडाउनमा छ। लकडाउनका कारण देशका कारण धेरै मानिसहरू विभिन्न स्थानमा फसेर अलपत्र छन्। स्वदेशमा मजदुरी गर्ने श्रमिकदेखि वैदेशिक रोजगारीमा रहेकाहरु त्यतै अड्किएका छन् भने नातागोतालाई भेट्न आउने/जानेहरु आफन्त र नातागोताकैमा थुनिएर बस्नु परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्