१५ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

शुक्रबार राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ।

अर्धनग्न अवस्थामा युवकको शव फेला

टीकापुर नगरपालिका–३ शंकरपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बस्तीभन्दा टाढा बाँझो खेतमा युवकको शव भेटिएको छ।

सर्वोच्चको अन्तरिम आदेशविरुद्ध भ्याकेट

सर्वोच्च अदालतले चिनीको भन्सार मूल्य नलिन गरेको अन्तरिम आदेश विरुद्ध सरकारले भ्याकेट (आदेश खारेजको माग गर्दै निवेदन) दर्ता गराएको छ। अर्थ मन्त्रालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले बिहीबार सर्वोच्चमा भ्याकेट दर्ता गरेको हो।

कुशवाहालाई पक्राउ नगरी लगत कस्न पत्राचार

रौतहट जिल्ला अदालतले बुधबार वन पैदावार मुद्दामा प्रदेश २ का सदस्य कुण्डन कुशवाहालाई पक्राउ गर्न नभई लगत कस्न मात्र पत्र पठाएको जनाएको छ । रौतहट जिल्ला अदालत विगो फाटका कर्मचारीले लगत कस्ने पत्रलाई दण्ड जरिवाना सम्बन्धि भूलवस लेखेको पत्रलाई पुनः सच्चाई लगत कस्नेबारे अदालतले जिल्ला पहरी कार्यालय रौतहटलाई अर्को पत्र लेखेको हो।

मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे

बुधबार विहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २मा टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ।

सडिएको अवस्थामा पुरुषको शव फेला

खोटाङमा मानसिक सन्तुलन ठीक नभएका पुरुष हप्ता दिनपछि मृत फेला परेका छन्। गत वैशाख २० गतेदेखि बेपत्ता भएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी मालबासेका ६० वर्षीय दिर्घे सुनार मृत फेला परेका हुन्।

खोलामा तैरिएको अवस्थामा बालकको शव फेला

महोत्तरीको एकडारा गाउँपालिकास्थित रातु खोलामा तैरिरहेको अवस्थामा विहीबार बिहान एक बालकको शव फेला परेको छ।

भेडा चराउन गएका धनबहादुरकाे शव फेला

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ७ मा एउटा शव फेला परेको छ । सोही वडाका करिब ४५ वर्षीय धनबहादुर कामीको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

शव फेला

बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा आज बिहान एक शव फेला परेको छ।

प्रधानन्यायाधीशविरुद्धको महाभियोग खारेज

भारतमा प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव खारेज भएको छ। न्यायालयमा ऐन कानूनभन्दा पनि एकपक्षीय भएर प्रधानन्यायाधीश दीपक मिश्राले पद र कार्यालयको अपमान गरेको भन्दै कांग्रेससहित विपक्षी दलहरुले ल्याएको महाभियोग प्रस्ताव उपराष्ट्रपति एवं राज्यसभाका सभापति वेंकैया नायडूले सोमबार खारेज गरिदिएका हुन्।

हराएको एक महिनापछि शव भेटियो

किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन्। पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए। गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो।

हराएको चालिस दिनपछि शव भेट्टियो

रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेट्टिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्