११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अफ्रिकी आप्रवासीमाथि आक्रमण

इटालीको माकेराटा सहरमा शनिबार एक इटालियन नागरिकले अफ्रिकी आप्रवासीहरुलाई लक्षित गरेर गरको गोली प्रहारका कारण कैयौं घाइते भएका छन्।

सार्कस्तरीय आप्रवासी घोषणापत्र अन्योलमा

कामका लागि खाडीका विभिन्न मुलुक जाने सार्क मुलुकका कामदारको सेवा, सुविधा एउटै बनाउने प्रयास अन्योलमा परेको छ।  नेपालको लामो प्रयासपछि गत वैशाखमा दक्षिण एसियाली मुलुकका आठ राष्ट्र यो क्षेत्रका (सार्क) कामदारको सेवा, सुविधा एउटै बनाउने सहमतिमा पुगेका थिए । आप्रवासी कामदारको आर्थिक, शारीरिक लगायत सुविधामा सार्कका सबै मुलुकको एउटै स्वर हुने मस्यौदा आप्रवासन कामदार सम्बन्धी प्राविधिक समितिले टुंगो लगाइसकेको छ।

आप्रवासी समस्या : युरोपको रोग एसिया सर्दै

पछिल्ला वर्षहरूमा विकराल समस्याको रुपमा बढ्दै गएको अवैध आप्रवासी र शरणार्थी सङ्ख्या सन् २०१७ मा केही घटेको देखिएको छ, तर यो समस्याले सम्रग विश्वलाई तरङ्गित बनाउन भने छोडेको छैन।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै

‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी साेबार अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइदैछ । दिवसका अवसर पारेर श्रम तथा रोजगार मन्त्रालयले साेमबार प्रभातफेरी र सभाको आयोना गर्यो ।

साउदीमा अवैध आप्रवासीविरुद्ध धरपकड, नेपाली पनि प्रभावित हुने

नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्यमध्येमा पर्ने साउदी अरेबियाले आवासीय अनुमति पत्र (इकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध बुधबारबाट धरपकड सुरु गरेको छ। ८५ लाख हाराहारी आप्रवासी रहेको मुलुकले अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीलाई दिएको आममाफीको अवधि मंगलबार सकिएपछि बुधबारबाट धरपकड गर्न लागेको हो।

ट्रम्पका नयाँ योजना, आप्रवासी रोक्ने, सीमामा पर्खाल लगाउने

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कागजातविहीन युवा आप्रवासीसँग कुनैपनि नयाँ सम्झौतामा बन्देज लगाएको छ ।

स्पेनले ६०० आप्रवासीहरूको उद्धार गर्‍यो

स्पेनको तटरक्षक टोलीले करिब ६०० आप्रवासीहरूलाई उद्धार गरेको छ । उद्धार गरिएकाहरू मध्ये ३५ जना बच्चा  र एक शिशु छन्।  १५ वटा जहाजमा आप्रवासीहरूलाई राखी उद्धार गरिएको  तटरक्षक टोलीले बताएको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक तथ्यांक अनुसार स्पेनमा अहिलेसम्म ९ हजारभन्दा बढी संख्यामा आप्रवासी छन्। उक्त संख्या गत वर्षको तुलनामा ३ गुणाले बढी हो।

आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु

पौरखी नेपालको आयोजनामा ‘आप्रवासी नेपाली घरेलु कामदार’को राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ ।

आप्रवासी हटाउने कडा नीति सार्वजनिक

कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति सार्वजनिक भएको छ। मंगलबार जारी गरिएको नयाँ नीति अमेरिकामा पछिल्ला केही दशक यताकै सबैभन्दा कडा आप्रवासी नीति भएको बताइएको छ।

गैरकानुनी आप्रवासीलाई फर्काउन १० हजार कर्मचारी खटाइयो

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आइरहेका आप्रबासीहरुलाई आफ्नै देश फर्काउन अमेरिकी सरकारले करिब दश हजार अध्यागमन टोली खटाएको बताइएको छ। यो नयाँ योजनामा सीमामा गस्ती गर्ने ५ हजार जना थप गरिने समेत जनाइएको छ।

अवैध आप्रवासी खोज्दै अध्यागमन

सरकारले अध्यागमन कानुनविपरीत विभिन्न आवरण र भेषमा नेपालमा बसिरहेका अवैध विदेशीको खोजी थालेको छ। गृह मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा अध्यागमन अनुमतिबिना विभिन्न पेसा तथा व्यवसायमा संलग्न विदेशी नागरिक खोज्ने भएको हो।

अमेरिकामा आप्रवासीमाथि व्यापक धरपकड, हालसम्म ३७ आप्रवासी देशनिकाला

अमेरिकामा बसोबास गरिरहेका कागजातबिहिन आप्रवासीहरुलाई अमेरिकी सरकारले व्यापक धरपकड गरेको छ। अमेरिकी अधिकारीहरुले विभिन्न ठाउँमा छापा मारेर कागजात नभएका सयौं आप्रवासीलाई प्रकाउ गरेको समाचार संस्था एएफपीले बताएको छ।

आप्रवासी छिराउनु मर्केलको ठूलो भूलः ट्रम्प

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जर्मन चान्सलर एन्जेला मर्केलले १० लाखभन्दा बढी आप्रवासी भित्र्याएर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । लन्डनको ‘द टाइम्स’ र जर्मन अखबार ‘बिल्ट’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।

सन् २०१६ मा युरोप प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी गिरावट

सन् २०१६ मा मुख्य दुई सामुद्रिक बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकाय फ्रन्टेक्सले जनाएको छ।

त्रासमा आप्रवासी नेपाली

निर्वाचन जित्नेबित्तिकै ट्रम्पले दोहोर्‍याएको 'आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्ने' घोषणाले उनीहरुको ध्यान खिचेको छ। राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिनदेखि उनले कस्तो  नीति लिनेछन् भन्ने चिन्ता आप्रवासीमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्