८ वैशाख २०८१ शनिबार

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिंदै कृषक

सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुंगामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन्।

वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन्। दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन्।

बुटवल–पाल्पा सडक एकतर्फी रूपमा सुचारु

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हिउँदे खोलामा माथिबाट लेदो सहितको पहिरो झर्नुका साथै सडक भासिएपछि दुई दिनदेखि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।

खुल्यो पाल्पा-बुटवल सडक खण्ड

पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ। अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो।

अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्याे

उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान साढे १० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

सिद्धार्थ राजमार्ग भासियो (फोटो फिचरसहित)

सिद्धार्थ राजमार्गको ठाउँठाउँमा सडक भासिएको छ। तानसेन–बुटवल सडकखण्डको विभिन्न ठाउँमा चिराचिरा परेर सडक भासिएको हो। सडक भासिएपछि ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन। यो सडकमा अहिले हलुका साना सवारी साधनमात्र सञ्चालन भएका छन्।

खुल्यो अवरुद्ध सिद्धार्थ राजमार्ग

पहिरो र ढुङ्गा खसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझबाट सुचारु भएको छ । तानसेन नगरपालिका–८ गौडेपुलनजिकै शुक्रबार राती पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । यस्तै शनिबार राती तिनाउँ गाउँपालिका–३, पैठेडाँडाबाट ठूला ढुङ्गा सडकमा खस्दा सडकपूर्ण रुपमा बन्द भएको थियो ।

अझैं खुलेन पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग (फोटो फिचरसहित)

पहिराेले शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार (आज) पनि खुलेको छैन। तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। शनिबार दिनभर सडक खुलाउन डोजर प्रयोग गरिए पनि पहिरो खस्नेक्रम नरोकिएपछि समस्या थपिएको छ। यस्तै शनिबार राति तिनाउँ गाउँपालिका–३, पैठेडाँडाबाट ठूला ढुङ्गा सडकमा खस्दा सडक पूर्ण रुपमा बन्द भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्