राँके–भेडेटार सडक खण्डमा कन्तविजोक
बर्षा भएसँगै राँके–रवि–भेडेटार सडकमा ठाँउ–ठाँउमा अवरोध पुग्नका साथै हिलाम्मे भएपछि सवारी गुड्न कठिन हुने भएको छ। पाँचथर, इलाम, धनकुटाका विभिन्न गाँउहरू हुँदै १ सय किलोमिटर लामो सडक खण्ड बर्षाको कारण हिलाम्मे भएको छ। विभिन्न ग्रामीण क्षेत्रलाई समेत जोड्ने यो सडकमा गाडी कुद्न कठिन हुँदा सो क्षेत्रका बासिन्दाले सास्ती व्यहोर्नु परेको छ।