९ मंसिर २०८१ आइतबार
image/svg+xml

चौडाइ विवादले कालोपत्रे ढिलाइ, आधा दर्जन घरधुरीको विवादले समस्या

राष्ट्रिय गौरवको निर्माणाधीन आयोजना ‘मदन भण्डारी स्मृति लोकमार्ग’अन्तर्गत उदयपुर सदरमुकाम गाईघाटका केही स्थानीयबीच भएको विवादका कारण सडक कालोपत्रेसहित फराकिलो गर्ने काममा बाधा परेको छ। पुरानो गाईघाट (पिजी) चौकको पिजीचोकको झन्डै ७० मिटर खण्डका दर्जन हाराहारी घर र जग्गाधनीबीच विवाद भएपछि चौडा र कालोपत्रे गर्ने काममा ढिलाइ हुने संकेत देखिएको छ।

पुष्पलाल मध्यपहाडी राजमार्ग, सदरमुकामबाटै कालोपत्रे

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपास स्थानीयको विवादका कारण रोकिएको निर्माण कार्य तत्काल हुने भएको छ। लामो समयदेखि विवादित ठाउँमा स्थानीयहरुलाई सहमतिमा ल्याई विवाद समाधान भएपछि सदरमुकामबाटै राजमार्ग कालोपत्रे हुने भएको हो।

जोरपाटी–सुन्दरीजल सडक विस्तार सुरु

करिब सात किमि सडक ५४ करोड रुपैयाँको लागतमा विस्तार गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो। दुई खण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ।

गाउँ जोड्न करोडका सडक

सडकसँग सदरमुकाम जोडिन २२ वर्ष कुर्नु पर्‍यो । २०५२ सालमा शिलान्यास गरिएको सडक २०७३ सालपछि मात्र मार्तडी पुग्यो र २०७५ पछि मात्र कालोपत्रेको काम सम्पन्न भयो । सदरमुकाम पुग्न समय लागेपनि गाउँमा भने दु्रत गतिमा सडक जोडिने संकेत देखिएको छ ।

दुईसय ७७ किलोमिटर सडक कालोपत्रे

संघीय सरकारले चालु आर्थिक वर्षको चार महिनामा मुलुकभर दुई सय ७७ किलोमिटर सडक कालोपत्रे गरेको छ। सडक विभागले गत साउनदेखि कात्तिकसम्म तीन सय १६ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेकामा दुई सय ७७ किलोमिटरको काम सकिएको हो। यो लक्ष्यको करिब ८८प्रतिशत हो। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै भौतिक पूर्वाधार मन्त्रीबाट रघुविर महासेठलाई हटाएर वसन्तकुमार नेम्बाङलाई ल्याएका छन्।

मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे सुरु

निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम सुरु भएको छ । उक्त सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र सुरु भएको हो ।

२४ वर्षपछि कालोपत्रे सुरु

‘ट्रयाक’ खुलेको २४ वर्षपछि जिल्लाको भीमाद नगरपालिका–५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे सुरु भएको छ।

अधुरो निर्माणले झन सास्ती

प्रदेश १ को राजधानी विराटनगरमा सञ्चालित विकास निर्माणका काम निर्धारित समयमै सम्पन्न नहु“दा स्थानीयले सास्ती खेप्नुपरेको छ। विराटनगरको बरगाछीस्थित ६ लेन सडकखण्ड निर्माण सुस्त हुँदा बजार क्षेत्र प्रदुषित भइरहेको छ।

कालोपत्रे माग्दै स्थानीय र व्यापारी आन्दोलित

चाबहिल–चुच्चेपाटी सडकको कालोपत्रे तत्काल गर्नुपर्ने माग गर्दै स्थानीय र व्यापारीले आन्दोलन थालेका छन्। दुई वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने सडक तोकिएको अवधिमा नसकिएपछि स्थानीय र व्यवसायीले बुधबार बिहान पसल बन्द गरेर आन्दोलन थालेका हुन्।

दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न

एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित रत्नपार्कदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३६ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो।

अनियमितताको नमुना, सडकमा भत्केको कालोपत्रे झिकेर मर्मत सुरु

निर्माण नसकिँदै भत्किन सुरु गरेको सडक मर्मतका लागि अनुरोध गर्न जाँदा सुरुमा सडकका इन्जिनियरले स्थानीयलाई हप्काएर फर्काएका थिए। सो अनियमितताको घटनाले मिडियामा प्राथमिकता पाएपछि भने सडक मर्मत गर्न ठेकेदार बाध्य भए।

हलेसी–दिक्तेल सडक खण्ड कालोपत्रे

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–दिक्तेल ३५.४३ किलोमिटर सडक खण्ड कालोपत्रेका काम पूरा भएको छ।

अगाडि बनाउँदै पछाडि उप्किँदै

सडक कालोपत्रे गरिएपछि कम्तीमा दुई–चार वर्ष टिक्छ भन्ने विश्वास सबैले राखेका हुन्छन्। तर ठेक्का सम्पन्न नहुँदै कालोपत्रे उप्किन थाल्यो भने कामको गुणस्तरमा सम्झौता भएको सहजै अनुमान गर्न सकिन्छ।

तीन महिना पनि टिकेन कालोपत्रे

बौद्ध व्यापार संघ र स्थानीयहरूले सडक कालोपत्रे माग राख्दै गत वैशाख अन्तिमतिर बौद्ध क्षेत्रमा सडक नै ठप्प पार्नेगरी आन्दोलन गरे। त्यसपछि स्थानीय र ठेकेदारबीच सडक पिच गर्ने सम्झौता भएसँगै जेठ अन्तिमतिर चावहिल–साँखु सडकखण्डको टुसाल चोकदेखि बौद्ध गेटसम्म करिब एक किलोमिटर सडक कालोपत्रे भयो।

शिवालय–सन्दकपुर सडकको पहिलो खण्ड कालोपत्रे हुने

सदरमुकाम फिदिमदेखि रानीटार–लुङरुपा–गोरुवाले हुदै सन्दकपुर जोड्ने सडकको पहिलो खण्ड कालापत्रे हुने भएको छ। १ नम्बर प्रदेश सरकारले यो सडकलाई कालोपत्रे गर्नका लागि प्रक्रिया अघि बढाएको छ। करिव ८ किलोमीटर सडक कालोपत्रे गर्नका लागि मंगलवार टेण्डर खुलेको छ। फिदिमदेखि कालोपत्रे गर्ने गरी टेण्डर खुलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्