coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

मुक्तकमैया र कमलरीको व्यवस्थापनमा सरकार प्रतिबद्ध छः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्तकमैया र कमलरीको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन्।

कमलरी दासताविरुद्धका दुई दशक

२०५६ साल माघको पहिलो हप्ता माघीमा थारू चेलीहरूको किनबेचका लागि मोलमोलाइ भन्ने खबर एक पत्रिकामा छापियो। यो समाचार बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था एफएनसी र नायफको जानकारीमा आयो।

मुक्त कमलरीलाई छात्रवृत्ति

उच्च शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले तीन जिल्लाका १ सय ६३ मुक्त कमलरीलाई उच्च शिक्षा सहयोग परियोजना अन्तर्गत सन् २००६ देखि उपलब्ध गराउँदै आइएको छात्रवृत्ति रकमले अहिलेसम्म निरन्तरता पाएको छ।

समृद्धिको आधारः भूमिसुधार

समय जति फेरिँदै गएको किन नहोस्, भूमि व्यवस्थामा जुन हिसावले परिवर्तन आउनुपर्ने हो, त्यस्तो परिवर्तन आएको छैन। नेपालको चौथाइ परिवार भूमिमा श्रम गर्छन् तर उनीहरूसँगै न घर बनाउने जमिन छ न त खेती गर्ने आफ्नै स्वामित्वको जमिन।

पश्चिम तराईमा माघी रौनक

पुस लाग्नेबित्तिकै माघीको त्रासदीले सताउन थाल्थ्यो। माघी उत्सव होइन, अभिशाप बनेर आइदिन्थ्यो। चाहना मुक्तिको थियो तर ‘कमलरी’ दासताको म्याद माघीले थपिदिन्थ्यो। प्रदेश ५ की उपसभामुख पूर्वकमलरी कृष्णी चौधरी भन्छिन्, ‘उतिबेला माघी उत्सव होइन, अभिशाप बन्थ्यो।’ सात वर्षको कलिलो उमेरदेखि कमलरी दासतामा बाँधिनुपर्दा माघीको रौनक कहिल्यै आउन दिएन उनलाई। वर्ष दिनको सय रुपैयाँ ज्याला र एकसरो लुगामा उनले डेढ दशक माघी मालिकसँगको सम्झौतामै बिताइन्।

कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।

मुक्त कमलरीलाई परिचयपत्र

सरकारले मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्न थालेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले दाङका ८  कमलरीलाई परिचयपत्र बाँडेर अभियानको सुरुवात गरेका हुन्। घोराहीमा आयोजित परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा उनले चार महिनाभित्र करिब १३ हजार कमलरीलाई परिचयपत्र वितरण गरिसक्ने जानकारी दिए।

मान्छे घरमै, एनजिओको सूचीमा 'बेपत्ता कमलरी!'

केही समय अघि कमलरी विकास मञ्च नामक संस्थाले हालसम्म बेपत्ता कमलरीको तथ्यांक सार्वजनिक गर्‍यो। तथ्यांकमा दाङका पाँचसहित पश्चिम तराईका अन्य जिल्लामा गरी कुल २७ कमलरी बेपत्ता भएको उल्लेख छ।

२७ मुक्त कमलरी बेखबर

घरमा हातमुख जोर्न मुस्किल परेपछि घोराही-२, क्वाडीका चुतरबिज चौधरीले १० वर्षीया छोरी शर्मिलालाई 'कमलरी' पठाउने सोचे। यही क्रममा उनका एक आफन्तले राजधानीस्थित एक नर्सको घरमा 'कमलरी' चाहिएको बताए।

कमलरीको कथा ‘उर्मिला’ किम्फमा उत्कृष्ट

पूर्व कमलरी उर्मिला चौधरीको कमलरी प्रथा मुक्क्तिमा आधारित ‘उर्मिलाः माई मेमोरी माई पावर’ले अन्तर्राष्ट्र्रिय उत्कृष्ट फिल्म घोषित हुँदै १५ सय डलर जित्न सफल भएको छ। चार दिनदेखि चलिरहेको काठमाडौं अन्तर्राष्ट्र्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सोमबार विभिन्न उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ।

३० पूर्वकमलरीलाई रोजगारी

दासत्वबाट केही समयअघि मात्र मुक्त भएका ३० जना पूर्वकमलरीले रोजगारी पाएका छन्। राजधानीमा तीन महिने तालिमपछि उनीहरुले सीपअनुसारको रोगगारी प्राप्त गरेका हुन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चपुरका ती कमलरीहरुलाई राजधानीको सुजा ट्रेडर्सले गार्मेन्ट उद्योगमा रोजगारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्