७ वैशाख २०८१ शुक्रबार

त्रिपुरासुन्दरी नगरपालिकाले गर्‍यो शैक्षिक पाश्र्वचित्र निर्माण

पाश्वचित्र निर्माण तथा नगर शिक्षा मस्यौदा निर्माण कायदलका संयोजक भिमबहादुर धरालाले १३ क्षेत्र र १४ उप क्षेत्र रहेको मस्यौदा निर्माण गरिएको र यसमा लामो समय सम्म डोल्पामा रहेर शिक्षा क्षेत्रमा कार्यरत विभिन्न विद्यालयमा प्रधानाध्यापको जिम्मेवारी समालेका दिग्गज व्यक्तित्वहरुको रायसुझाव अनुभव समेटर मस्यौदा तयारीको अन्तिम चरणमा रहेको बताए।

डोल्पाको शैक्षिक सुधार कार्यमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी

शैक्षिक सुधारको लागि हिमाली जिल्ला डोल्पाका विद्यालयहरुमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् । आरटिआई ईन्टरनेशनल नेपाल, ईजिआरपीको प्राविधिक र वित्तिय सहयोगमा सदरमुकाम दुनैमा सम्पन्न कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन । विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले शिक्षा क्षेत्रमा गरेको लगानी, शैक्षिक तथा भौतिक प्रगती, अवसर र चुनौतीका बारे आआफ्ना धारणा राखेका थिए ।

प्रारम्भिक कक्षालाई परियोजनामा नभई राष्ट्रिय कार्यक्रममै चलाउन सुझाव

शब्द पढ्ने र बोध गर्ने बालबालिकाको पठन क्षमता बढाउन प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजिआरपी)लाई परियोजनाभन्दा सरकारकै राष्ट्रिय कार्यक्रमको नियन्त्रण रहनेगरी सञ्चालन गर्न विज्ञहरूले सुझाव दिएका छन् । यसलाई राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी)भित्र समावेश गर्यो भने मात्र सिकाइ उपलब्धिले गति लिने उनीहरूको धारणा छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्