१५ मंसिर २०८१ शनिबार
image/svg+xml

भोट माग्न खेतबारीमै पुग्नथाले उम्मेदवार

ग्रामिण भेगका जनतालाई यतिबेला बाली भित्र्याउने चटारो छ। मतदाताहरु खेतबारीमा ब्यस्त छन्। धान बाली भित्र्याउनु पर्ने र गहुँबाली छर्नु पर्ने दोहोरो कामको चटारो किसानलाई छ।

गगन थापाको घरदैलो: काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग

काठमाडौं–४ बाट नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले मंगलबार बिहान घरदैलो अभियान सञ्चालन गरेका छन्। कालोपुल, ज्ञानेश्वर, सिफल क्षेत्रमा घरदैलोमा निस्किएका उनी समक्ष स्थानीयले अाफ्ना समस्या र गुनासा सुनाए। कालोपुलका सुरेशप्रसाद उपाध्यायले विकास निर्माणका लागि भनेर ठूलो रकम आए पनि ठेकेदारले समयमै काम नसक्दा स्थानीयबासी धुलो र हिलोबाट सास्ती खेप्नु परेको गुनासो सुनाए।

२६ वर्षपछि मर्स्याङदी पारी पुनःभोट माग्दै गुरुङ

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिसभा सदस्यमा चुनावी मैदानमा उत्रिएका देवप्रसाद गुरुङ २६ वर्ष पछि पुनः भोट माग्रदै पूर्वीभेगका गाउँवस्तीमा पुगेका छन्।

कथाले मागेपछि बामगठबन्धनः पाण्डे

बामगठबन्धन विभिन्न चरणका आन्दोलनका उपलब्धि संस्थागत गर्न गरिएको पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानाले बताएका छन् । उनले प्रतिनिधी र प्रदेशसभा चुनाव बामगठबन्धन र बामईतरबचिको भएको समेत बताए ।

अदालतले माग्यो संसदीय समितिको प्रतिवेदन

नेपाल आयल निगमबाट हटाइएका तत्कालीन प्रबन्ध निर्देशक गोपाल खड्काले नागरिक दैनिकविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दाको सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतले संसदीय समितिको निष्कर्षसहितको प्रतिवेदन पेस गर्न आदेश दिएको छ ।

माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ।

युरोपमा नेपाली चियाको माग उच्च

भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन् । युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरूमै पुगेर आउँदो वर्षका लागिसमेत तयारी चिया ‘बुक’ गरेका हुन् ।

सर्वोच्चलाई आयोगको जबाफ, मुद्दा खारेजीको माग

सर्वोच्च अदालतमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अवहेलना मुद्दा खारेजीको माग गर्दै लिखित जबाफ पेस गरेका छन् । अदालतको आदेशमा भएको भावना, मर्मसमेतलाई सम्मान गर्दै प्रत्यक्षतर्फ बेग्लाबेग्लै पानामा मतपत्र छाप्ने निर्णय गरिएको आयोगले जबाफमार्फत स्पष्ट पारेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतपत्र एउटै बनाउने निर्णयविरुद्ध सर्वोच्चमा परेको अवहेलना मुद्दाको आदेशपछि सोमबार आयोगका तर्फबाट लिखित जबाफ पेस भएको हो।

महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग

विभिन्न पार्टीका नेत्रीले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका छन्। अन्तर पार्टी महिला सञ्जालले आयोजना गरेको ‘सञ्चारकर्मीसँग सञ्जाल’ विषयक अन्तरक्रिया उनीहरूले स्थानीय तहमा न्यूनतम ५० प्रतिशत, प्रदेश सभामा न्यूनतम ४० प्रतिशत र प्रतिनिधि सभामा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन्।

ग्यास कमिसन बढाउन माग

ग्यास बिक्रेताले डिलर कमिसन बढाउन माग गरेका छन्। अहिले दिँदै आएको कमिसनले व्यवसाय धान्न कठिन भएको भन्दै कमिसन बढाएर पाँच प्रतिशत पुर्‍याउन माग गर्दै आपूर्ति मन्त्री जयन्त चन्दलाई ज्ञापन पत्र पेश गरेका छन्। ग्यास बिक्रेता महासंघ नेपालले मंगलबार ज्ञापन पत्र बुझाउँदै माग सम्बोधन नगरे आन्दोलनमा उत्रिन बाध्य हुने जनाएको छ। आयल निगमले आफ्ना मागलाई बेवास्ता गरेको व्यवसायीले गुनासो गरे।

नेता भोट माग्दै, जनता जागिर

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घरदैलोमा भोट माग्न पुगेका नेताहरुसँग जनताले जागिर मागेका छन् । उम्मेदवारीको मनोयनपत्र दर्ता गराएर जनताको घरदैलोमा हिडेका कांग्रेस, माओवादी र एमाले लगायत दलका नेताहरुसँग जनताले भोटको बदला रोजगारीको व्यवस्था गरिदिन आग्रह गर्न थालेका हुन् ।

कालीगण्डकी करिडोरलाई ६० करोड माग

नेपाली सेनाले ट्र्याक खोलेको कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न बजेट अभाव भएको छ । ट्र्याक खोलेर सवारी सञ्चालनमा आए पनि बजेट नहुँदा स्तरोन्नतिमा कठिनाइ भएको हो ।

थ्री स्टारलाई अनुमति माग

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले एसियाली फुटबल महासंघ (एएफसी) सँग सोमबार थ्री स्टार क्लबलाई नेपालको प्रतिनिधित्व गर्दै एएफसी क्लब च्याम्पियनसिपमा खेल्ने अनुमति माग्ने निर्णय गरेको छ ।

अध्यादेशमार्फत केसीका माग सम्बोधन

प्रमुख प्रतिपक्ष एमाले र माओवादीले संसद्बाट पारित हुन नदिएपछि सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक अध्यादेशका रुपमा पारित गरेको छ ।

म्यादी प्रहरीमा मागेभन्दा तीन दोब्बरको आवेदन

प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि प्रदेस नं १ मा ४६ हजार ३ सय२ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्