९ मंसिर २०८१ आइतबार
image/svg+xml

बालुवाटारमा ‘बर्थडे केक’ काटेर मन्त्रिपरिषद बैठकको सुरुवात

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको जन्मदिनको अवसरमा केक काटेर प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेट बैठक शुभारम्भ गरेका हुन्।

जन्मदिनमा आर्थिक सहयोग

दुवै हात गुमाएका राप्तीसोनारी–१, कुसुमका २२ वर्षीय सुरेश कुमाललाई आर्थिक सहयोग गरिएको छ। काँचुली मिडिया प्रालिका अध्यक्ष गजेन्द्र गुरुङले आफ्नो ४१ औं जन्मोत्सवको अवसर पारेर कुमाललाई १० हजार रुपैयाँ सहयोग गरेका हुन्।

प्रधानमन्त्रीले जन्मदिनमा रोपे आँपको बिरुवा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोपेको सचिवालयले बताएको छ।

खुसी लुटिएको जन्मदिन

धर्ती र माता भनेको समान रहेछन्, जसले जे गरे पनि सहनैपर्ने ! जस्तो विपत् पर्दा पनि सम्हालिनैपर्ने !! सहनुको विकल्प केही रहेन अब, न नियतिसँग संघर्ष गर्न सकिन्छ, न मृत्युलाई चुनौती दिन सकिन्छ।

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामग्री

सर्लाही हरिपुरका एक युवकले आफ्नो जन्मदिनको उपलक्ष्यमा स्थानीय विद्यालयमा पढ्ने दलित बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

पुस्तक वितरण गरेर जन्मदिन मनाउँछन् विद्यार्थी

स–साना विद्यार्थीले आफ्नो जन्मदिन कसरी मनाउलान्। धेरैको सहज जवाफ हुनसक्छ– स्कुलका आफ्ना सहपाठीहरूलाई चकलेट बाँंडेर वा भोज खुवाएर। तर भक्तपुरको एउटा स्कुलका विद्यार्थीले आफ्नो जन्मदिन उदाहरणीय काम गरेर मनाउने गरेका छन्। भक्तपुरको मिवाछें व्यासीस्थित एभरेस्ट इङलिस स्कुलका विद्यार्थी आ–आफ्ना जन्मदिनमा जम्मा पारेको रकमले पुस्तक किनेर दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क बाँड्छन्।

राष्ट्रकवि घिमिरेको सयाैं जन्मदिन (फोटो फिचर)

राष्ट्रकवि माधवप्रसाद घिमिरे आइतवार एक सय वर्षमा प्रवेश गरेका छन्। सय वर्ष पुगेको अवसरमा घिमिरेले लैनचौरस्थित निवासमा केक काटेर जन्मदिन मनाएका छन्। सय वर्षमा प्रवेश गरेका राष्ट्रकवि घिमिरेलाई शुभकामना दिन विहानैदेखि आफन्त, छिमेकी र शुभचिन्तकहरु उनको निवास पुगेका छन्।

जन्मदिनमा योगेशले विपन्न विद्यार्थीलाई गरे आर्थिक सहयोग

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले जन्मदिनको अवसरमा ताप्लेजुङको दुर्गम गाउँका दुई बिद्यार्थीलाई अध्ययन खर्च स्वरुप जनही १० हजार रुपैंया दिएका छन्।

पूर्वराजाले जन्मदिन मनाए

आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन आज यहाँस्थित सोल्टी होटलमा मनाएका छन्।

जन्मदिनमा मनोजको समाजसेवा

फिल्म ‘१०० कडा १०’मा व्यस्त हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । फिल्मको सुटिङका लागि पोखरामा रहेका उनले बि एन्ड ब्रोज मेजेन्मेन्ट कन्सल्टेन्सीको व्ययवस्थापनमा विद्यार्थीहरुलाई निःशुल्क छात्रावृत्ति र युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको घोषणा गरे।

जन्मदिनमा अनुष्कालाई विराट कोहलीले दिए अमूल्य उपहार

भारतका चर्चित क्रिकेटर विराट कोहलीले पत्नी एवं बलिउड अभिनेत्री अनुष्का शर्माको ३० औं जन्मदिनमा विशेष उपहार प्रदान गरेका छन्।

जन्मदिनमा पशुघर

बलिउडकी ‘बबली गर्ल’ अनुष्का शर्मा मंगलबारबाट ३० औं वर्षमा पुगेकी छन् । उनलाई विश्वबाट जन्मदिनको शुभकामना सन्देश सामाजिक सञ्जालमा आइरहँदा उनले ट्वीटरमार्फत जनावरको स्याहार सुसार गर्न पशुघर बनाउने घोषणा गरेकी छन्।

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।

प्रधानमन्त्रीको जन्मदिनमा क्रिकेटर सम्मानित

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो । खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७औं जन्मदिन थियो ।खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन् । चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्