७ वैशाख २०८१ शुक्रबार

हाइकिङ पुगेका विद्यार्थीले गरे शिवपुरी राष्ट्रिय निकुन्जको प्लास्टिक र शिसाका बोटल संकलन

शिवरपुरी राष्ट्रिय निकुन्जमा हाइकिङ पुगेका विद्यार्थी तथा पर्यटकले थुप्रै प्लास्टिकका बोटल र शिसाका बोटल संकलन गरेका छन्।

दलित आन्दोलनमा डायस्पोरा

अहिले युरोप, अमेरिका तथा अस्ट्रेलियामा मात्र दलित संख्या १२ हजार भन्दा बढी छ। उनीहरूले नेपालको दलित आन्दोलनमा पुर्‍याएको योगदान अतुलनीय छ।

राजमार्गमा बाघको ‘राज’

पछिल्लो समय पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्र बाघका कारण असुरक्षित बन्दै गईरहेको छ। यो राजमार्गमा दिनहुँ जसो बाघ देखिने गरेको छ। यसर्थ बाघले ‘राज’ जमाएको बाँकेको पूर्व पश्चिम महेन्द्र राजमार्ग मानवीय असुरक्षाको मार्ग बन्दै गएको छ।

रोकिएन पाटे बाघको आक्रमणः निर्दोष बाघ खोरमा, नरभक्षी बाघ खुलेआम

बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारुलाई सोमबार बिहान पाटे बाघले आक्रमण गर्‍यो। बाघको आक्रमणबाट थारुको गर्दन, टाउँको र ढाडमा गम्भीर चोट लागेको छ।

निकुन्जको अतिक्रमित जग्गा प्रकरण : ठाकुरद्धारा दिनभर तनाब ग्रस्त

निकुन्जको मुख्यालय रहेको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्धारामा जग्गा अतिक्रमण गरेर बसेका स्थानीयले निकुन्ज प्रशासनविरुद्ध प्रर्दशन गर्दा बिहीबार दिन भर तनाब ग्रस्त बन्यो ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्षमा रोकाय

मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रुपमा गणेशचन्द्र रोकाया चयन भएका छन्। शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तरगतको मध्यवर्ती वन व्यवस्थापन समितिको सोमबार भएको भेलाले रोकायालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

निकुन्ज क्षेत्रमा जथाभावी हेलिकप्टर अवतरणले प्राकृतिक वन सम्पदा संकटमा

कुनै पनि निकुन्ज वन क्षेत्रमा उडान भर्न र अवतरण गर्न सम्बन्धित हेलिकप्टरले निकुन्जबाट पूर्व स्वीकृती लिनुपर्ने हुन्छ। तर डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा निकुन्जको स्वीकृति र चेकजाँच बिनानै हेलिकप्टरहरुले आफुखुसी उडान भर्ने र अवतरण गर्ने गरेको पाइएको छ।

निकुञ्जले उठायो ५ करोड ७१ लाख राजस्व

शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाले आर्थिक वर्ष ०७५।०७६ मा ५ करोड ७१ लाख ९१ हजार रुपैया राजस्व उठाएको छ। यार्सागुम्बा र सेतो चिनीलगायतका बहुमुल्य जडिबुटी, पर्यटक शुल्क वनपैदावर र चरिचरन अन्तरगत उक्त राजस्व उठाएको निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ।

निकुन्जको एक बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा

बर्दिया राष्ट्रिय निकुन्जको एक बिघा जग्गा अतिक्रमणको चपेटामा परेको छ। कोहलपुर–सुर्खेत राजमार्ग खण्ड निर्माणका क्रममा सडक डिभिजन कार्यालय, बाँकेले उपकरण राख्न प्रयोग गरेको बाँसगढी नगरपालिका–१, चेपाङस्थित एक बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको पाइएको छ। मध्यवर्ती क्षेत्रमा पर्ने सो जग्गा निकुन्जको स्वामित्वमा हुने व्यवस्था ऐनमा छ।

‘सडकमै बाघ मरेको देख्दा मन रुन्छ ’

बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन तथा संरक्षण अधिकृत रमेश थापा दुर्लभ वन्यजन्तु वाघ सडक दुर्घटनामा पर्ने त्रासले उनलाई सताईरहेको छ। २४ वर्ष बर्दिया राष्ट्रिय निकुन्जमा काम गरेर जागीरबाट रिटायर्ड भएका थापा सडक दुर्घटना परेर दुर्लभ वन्यजन्तु वाघ मर्ने हो कि भन्ने चिन्ता गर्छन।

सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु

भरतपुर महानगरपालिका–२३ मा रहेको होटलको सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु भएको छ।  चितवन राष्ट्रिय निकुन्जमा रहेको होटल टाईगर ल्याण्डको सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु भएको हो। आइतबार बिहान करीब साढे चार बजे गैंडा सेफ्टी ट्याङकीमा खसेको थियो।

निकुन्ज क्षेत्रमा संरक्षित पन्छी मारेको आरोपमा एक पक्राउ

त्रिपुरासुन्दरी नगरपालिका ८ का एक व्यक्तिलाई निकुन्ञ क्षेत्रमा पन्छी मारेको आरोपमा प्रहरीले समातेको छ। बन्दुकसहित पक्राउ परेका ४१ बर्षे रामचन्द्र विकमाथि मालुवा मारेको आरोप प्रहरीले लगाएको छ।

नेकपा(बिप्लब)का बाँके युवा संयोजक डोल्पामा पक्राउ

बाँके जिल्लाका युवा इन्चार्ज भरत पहाडीलाई शुलिगार्डस्थित शे फोक्सुण्डो राष्टिय निकुन्ज कार्यालयमा कर्मचारीलाई धम्क्याउदै चन्दा मागिरहेको अवस्थामा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

निकुन्जभित्र दोहोरो फायरिङ

बर्दिया राष्ट्रिय निकुन्जको चुरे क्षेत्रमा बिहीबार बिहान तीन बजे चोरी शिकारी र निकुन्ज सुरक्षार्थ खटिएको टोलीबीच दोहारो फायरिङ भएको छ। चोरी शिकारीले निकुन्जको कर्मचारीलाई लक्षित गरस् फायर गरेपछि निकुन्जले जवाफी फायर गरेको जनाएको छ।

निकुन्जमा हात्ती पूजा

कोहलपुर-बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न बर्दिया राष्ट्रिय निकुञ्जबाट सोमबार ल्याएका चारवटा हात्तीको मंगलबार पूजाआजा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्