८ मंसिर २०८१ शनिबार
image/svg+xml

साउनको अन्तिम सोमबार कोरोनाको बेवास्ता गर्दै पशुपतिमा भीड

काठमाडौंमा पनि खुकुलो निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले भीडभाड नगर्न आग्रह गरिरहेको छ। तर, आज साउन महिनाको अन्तिम सोमबार कारेनाकाे बेवास्ता गर्दै पशुपतिनाथ लगायतका धर्मपीठहरूमा भक्तजनहरूकाे भीड लागेको छ।

आज महाशिवरात्रीः तीन लाख भक्तजनले दर्शन गर्ने अपेक्षा

शिवरात्रीमा सधैं झकिकाउ हुने पशुपतिनाथ क्षेत्रमा यसपटक सामान्य तयारी गरिएको छ। गत वर्ष फूलमालाले मन्दिर क्षेत्र सजाइए पनि यसपालि कमै फूल प्रयोग भएको छ। वरिपरि गेट बनाउने तथा सजाउने काम पनि भएको छैन। भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या कम हुने भएकाले सोही अनुसार तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

सालीनदीमा भक्तजन

साँखुकी मीना उपाध्याय यसपालि स्वस्थानी माताको व्रत बसेकी छन्। हरेक बिहान घरको काम सकेर उनी साँखुस्थित सालीनदी तटमा आउँछिन् र आफ्नो परिवारको प्रगति, सुस्वास्थ्य आदिका लागि प्रार्थना गर्छिन्। उनले स्वस्थानी व्रत बस्न थालेको लगभग १३ वर्ष भयो। ‘मेरो श्रीमान गम्भीर दुर्घटनामा परेपछि मैले यो व्रत बस्न थालेको हुँ,’ अघिल्लो साता सोमबार सालीनदीस्थित स्वस्थानी मन्दिरमा भेटिएकी मीनाले भनिन्, ‘डाक्टरहरूले मेरो श्रीमानलाई भनेका थिए, खुट्टाले हिँड्न मुस्किल हुन्छ। तर अहिले उहाँ हिँडेर कार्यालय जानेआउने गर्नुहुन्छ, यो सबै श्री स्वस्थानी माताको कृपाले हो।’

सुनसान पशुपति

चन्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ। प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ।

शिवरात्रिको रौनक (फोटोफिचर)

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ।

आठ लाख श्रद्धालुद्वारा गढीमाई दर्शन

महागढीमाई नगरपालिकाको बरियारपुरमा चलेको मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा दिनहुँ भक्तजनको भीड बढ्न थालेको छ।

बर्सेनी बर माग्न हजारौं भक्तजन आउँछन् – बडिकेदार मेलामा

नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा। कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास। नाङगो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको भू–भाग। राइसल्ला र खर्सुका ठूल–ठूला जङ्गल। भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी र निगालोको झाडीले घेरिएको त्यही डाँडोको खोँचमा धार्मिक आस्थाको धरोहर हो डोटीको ‘बडिकेदार’।

गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो

वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न आज यहाँ भेला भएका छन्। यस अवसरमा महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएको छ।

राधाकृष्ण रथयात्रामा लाखौं सहभागी, हेलिकोप्टरबाट पुष्पवृष्टि (फोटो फिचर)

विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रामा लाखौं भक्तजन सहभागी भएका छन्। शनिबार विराटनगरमा निकालिएको रथयात्रामा लाखौं भक्तजन सहभागी भएका हुन्।

पाटनमा जन्माष्टमीको रौनक

श्रीकृष्णजन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै सबैखाले तयारी पूरा भएको छ।

डोलेश्वरमा भक्तजनको भीड

साउनको पहिलो सोमबार भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड देखिएको छ। भगवान शिवको भब्य आराधना, तीर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड देखिएको थियो।

गोसाइँकुण्ड मेला सुरु

गंगादशहराको अवसरमा मंगलबारदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ। मेला सुरु भएसँगै भक्तजनको आवागमन बढेको छ।

सडक खन्ने क्रममा मूर्ति भेटिएपछि भक्तजनकाे ओइरो

मूर्ति फेला परेपछि सो स्थललाई अहिले ‘गुप्तेश्वर महादेव’ नामाकरण गरी स्थानीयले संरक्षण गरिरहेका छन्। स्थानीय पुजारी गणेशप्रसाद निरौलाका अनुसार परापूर्वकालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुन सक्ने र अहिले सडक खन्ने क्रममा मूर्ति फेला परेको हो।

अर्ध महाकुम्भ मेलामा करोड बढी भक्तजन भित्र्याइँदै

सुनसरी चतराधाममा यही चैत २३ गतेदेखि सुरु हुने ‘दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला’को तयारी तीव्र पारिएको छ। प्रदेश १ सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई जिम्मेवारी दिई मेलाको काम तीव्र पारिएको हो। महाकुम्भ मेलाका लागि आवश्यक तयारी गर्न प्रदेश सरकारले मन्त्री कार्कीलाई जिम्मेवारी तोकेर खटाइसकेको छ। शास्त्रीय प्रमाणका आधारमा हुन लागेको उक्त मेला एक महिनासम्म चल्नेछ।

राष्ट्रपति मनकामना जाँदा दुई घण्टा रोकिए भक्तजन

राष्ट्रपति विद्यादेवी भण्डारी बिहिवार मनकामना आउने कार्यक्रम तय थियो। सुरक्षा निकाय, उच्च पदस्थ, कार्यक्रम आयोजक र स्थानीयलाई उक्त खबरको जानकारी थियो। बिहिवार पुगेका भक्तजनलाई भने जानकारी थिएन, आखिर थाहा हुने कुरा पनि रहेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्