८ मंसिर २०८१ शनिबार
image/svg+xml

विधिपूर्वक मनाइयो पितृ सम्मान दिवस :गोकर्णमा साढे तीन लाख बढी भक्तजन

भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाइएको छ।

जनैपूर्णिमामा कुम्भेश्वर र पशुपतिमा भक्तजनको भीड

आज जनैपूर्णिमा एवं रक्षा बन्धन। देशभरका शक्तिपीठ र घरघरमा ब्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत र दिदी बहिनीहरूले राखी बाँधिदिने प्रचलन छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ।

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरिरहेका छन्।

डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला, भक्तजनले शिला छोएर पूजा गर्न पाउने

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ।

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

पशुपतिनाथमा अर्पण गरिएका सामग्रीहरुको बिक्री गरिँदै

उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे।

आज जनैपूर्णिमा, पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहीतहरुले मन्त्रिएका जनाइ र रक्षा बन्धन लगाउने प्रचलन छ।

भक्तजनले गलेश्वरमा डिजिटल दान पेटिकामा १ लाख चढाइन्

साउन महिनाको चौथो सोमबार म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्न आएकी एक भक्तजनले मन्दिरको डिजिटल दान पेटिकामा नगद १ लाख ५ रूपैयाँ दान गरिन्।

भगवान् श्रीरामकी दिदीको प्रसंग

रामायणमा राजकुमारी शान्ताको प्रसंग वर्णन गरिराखेको नभए पनि भगवान् रामकी एक मात्र दिदी शान्ता हुन् भने भिनाजु ऋष्यश्रृंग नै हुन्।

आज माघे संक्रान्ति पर्व मनाइँदै

आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।

पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनभित्र २० हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको प्रहरी चौकी फेदीले जनाएको छ।

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ।नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्