भेरी–बबई आयोजना: सुरुङ परीक्षणबिनै निर्माण कम्पनीलाई उन्मुक्ति
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०७७ भदौ १७ गते सुरुङको परीक्षणबिनै कार्यसम्पादन प्रतिवेदन स्वीकार गरेको औंल्याइएको छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०७७ भदौ १७ गते सुरुङको परीक्षणबिनै कार्यसम्पादन प्रतिवेदन स्वीकार गरेको औंल्याइएको छ।
मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ। यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ वाग्मतीमा जाने समितिले जनाएको छ।
बहुचर्चित एवम् बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण थालिएको छ। खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) शुभारम्भ गरे। पहिलोपटक असफल भएपछि पुनः दोस्रोपटक सुरुङ परीक्षण थालिएको हो।
मेलम्ची पानी काठमाडौं उपत्यकामा बितरण गर्नुअघि नै प्रभावित क्षेत्रका बासिन्दाले पाउनुपर्ने रोयल्टीको सुनिश्चितता गर्न आयोजनास्थलका सरोकारवालाले माग गरेका छन्। साथै उनीहरूले स्थानीयलाई थाहै नदिइ मेलम्ची पानी पथान्तरण(सुरुङमा छिराउने) गरिएको भन्दै खेदसमेत व्यक्त गरेका छन्।