coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

चीनसँग केही खेलबाट सहकार्य गर्ने चाहना

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९औं एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउसँगको भेटमा सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन्।

यु-१९ विश्वकपमा सुखद प्रदर्शनको आशा

नेपाली युवा टोलीले आगामी माघ ५ गतेदेखि दक्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप खेल्दै छ। यस विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। उक्त समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन्।

सिलवालको नियुक्तिमा कारण देखाऊ आदेश

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयप्रति सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

सदस्यचिवमा सिलवालसहित तीन नाम सिफारिस

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आगामी क्याबिनेट बैठकबाट नयाँ सदस्यसचिव नियुक्त हुने सम्भावना रहेको बताएका छन्।

सदस्यसचिवमा २७ को दाबेदारी

पहिलो पटक योग्यता र क्षमताका आधारमा राखेपको नेतृत्व चयनको मापदण्ड बनाइए पनि राजनीति छत्रछायाबाटै राखेप सदस्यसचिव नियुक्त हुने पक्का नै छ। तथापि नयाँ ऐनअनुसार राखेपको सदस्यसचिव बन्नका लागि स्नातक उत्तीर्ण, खेलक्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ।

ढकाललाई राखेप सदस्यसचिवको जिम्मेवारी

अर्को व्यवस्था नभएसम्मका लागि युवा तथा खेलकुद मन्त्रालयका खेलकुद विकास महाशाखा प्रमुख भक्तबहादुर ढकाललाई राखेपको सदस्यसचिवले गर्ने कामको जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता डा. मानबहादुर विकले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्