५ वैशाख २०८१ बुधबार

धनगढीका सडकमा साइकल लेन

धनगढी उपमहानगरपालिकाले कैलालीको मोहनापुल-अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण गरेको छ।

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान

'नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्वारमा रहेको यस चोकलाई व्यवस्थित बनाउने हाम्रो योजना छ' उनले भने,'सोही अनुसार चोकमा हाइमास्ट लाइट,डिस्प्ले बोर्ड,वाटर फाउन्टिङ लगायतका सामग्री जडान गरेका छौँ, यसले चोकलाई पनि सुन्दर देखाउने छ भन्ने विश्वास लिएको छु।'

६ लेन सडक: अव्यवहारिक क्रसिङले खर्च बढी !

धनगढी चौराहबाट सहिद गेट जाँदै गर्दा बीचमा काम परेमा अर्को लेनमा जान पूरै एक किलोमिटर अगाडि पुगेर पुनः एक किलोमिटर फर्कनुपर्ने बाध्यता छ। जसले गर्दा यात्रुलाई समय र पेट्रोलियम पदार्थ दुवैको खर्च बढेको छ।

सुदूरमा अत्यधिक गर्मी: जनजीवन प्रभावित, विद्यालय बन्द गरिँदै

पश्चिम तराईमा दैनिक गर्मीको पारो चढ्दैछ। अत्यधिक गर्मी बढ्दा सुदूर तराईको जनजीवन प्रभावित बनेको छ। अत्यधिक गर्मी हुँदा कैलाली, कञ्चनपुरका साथै डोटीको दिपायल र अछामको साँफेबगर क्षेत्रको जनजीवन कष्टकर बन्दै गइरहेको छ।

सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु

चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ।

धनगढी–अत्तरिया ६ लेन सडक निर्माण

मोहना पुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडकखण्डको निर्माण अन्तिम चरणमा पुग्नै लाग्दा यात्रा सहज भएको छ। ‘अब अत्तरिया टाढा रहेन,’ स्थानीय विनय खड्काले भने, ‘धनगढीबाट अत्तरिया १५ मिनेटमै पुग्न सकिने भएको छ।’ पहिले धनगढी–अत्तरिया ‘सिंगल लेन’ हुँदा सडक जाम हुने गरेको बताउँदै उनले भने, ‘अहिले त एकैपटक धनगढीदेखि सरर्र अत्तरिया पुगेको पत्तै हुँदैन।’

धुलैधुलोले कुरूप बन्यो अत्तरिया

सुदूरपश्चिम प्रदेशकै प्रमुख द्वारका रूपमा रहेको गोदावरी नगरपालिकाको एक मात्रै सहर अत्तरियाले अझै धुलोमैलोको सकसबाट मुक्ति पाउन सकेको छैन। दुई वर्षयता अत्तरिया चोक धुलाम्य हुनुका साथै नजिकै ढलको दुर्गन्धले ग्रसित छ। त्यसकारण सो बजारको शोभा घट्दै गएको छ। स्थानीयले पटकपटक सडक डिभिजन कार्यालय महेन्द्रनगर र प्रदेशस्थित मन्त्रालयमै गएर प्रदूषणमुक्त बजार निर्माणका लागि पहल गर्दा कुनै सुनुवाइ हुन सकेको छैन।

सधैँ दुर्गन्धित अत्तरिया चाेक !

सुदूरपश्चिम प्रदेश सभाको बैठकले २०७५ असोज १२ गतेका दिन सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने निर्णय गर्‍यो । राजधानी गोदावरी नगरपालिकाको तेघरीमा घोषणा भएसँगै नगरपालिकाको एकमात्रै ठूलो र प्रदेशकै मुख्य प्रवेशद्वारका रुपमा रहेको अत्तरिया बजाले गति पाउने आशा लियो । तर, प्रदेशकै प्रवेश द्वारका रुपमा रहेको अत्तरियाले गति पाउन त कहाँ हो कहाँ उल्टै दुर्गन्धित ढलले बद्नामित हुन थालेको छ ।

'सुध्रिएन अत्तरिया चौक'

अत्तरिया चौक सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार हो। जहाँ, पुग्ने वित्तिकै सुन्दर सुदूरपश्चिमको कल्पना गरेर आएका आगन्तुकहरूले सोचेभन्दा फरक पाउने गरेका छन्। वर्षौंदेखि अत्तरियाको मुख्य चौकको सडक फुटेको छ।

राजमार्गको दुर्दशा

१० टनसम्मका सवारीसाधनलाई लक्षित गर्दै निर्माण गरिएको पूर्वपश्चिम राजमार्गमा पछिल्ला वर्षहरुमा १८ देखि २० टन सम्म सामान बोकेका गाडी गुड्छन् । क्षमताभन्दा बढी भारका कारण पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडक खण्ड जीर्ण बनेको छ ।

‘खत्र्याङ खुत्रुङ’ अत्तरिया

पूर्व–पश्चिम राजमार्गबाट अत्तरियास्थित ट्राफिक पोस्ट नजिक पुग्दा गज्जबकै सडक निर्माण भएको भान हुन्छ। ट्राफिक पोस्टदेखि चोक नजिकसम्म आरसिसी ढलान गरी चाक्लो सडक बनाइएको छ। तर, आरसिसी सकिने बित्तिकै पुनःउस्तै ‘खत्र्याङ खुत्रुङ’ सडक।

‘खत्र्याङ खुत्रुङ’ अत्तरिया

मोहनापुल–अत्तरिया निर्माणाधीन ६ लेन सडकको एकतर्फी बाटो कालोपत्रे भइसकेको छ । धनगढी चौराहदेखि सुदूरपश्चिम प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी अत्तरिया पुग्न अहिले केही बेर लाग्दैन । चिल्लो बाटोमा मोटर गुडाउँदै जब अत्तरिया चौराहमा पुगिन्छ, तब आइपुग्छ ‘खत्र्याङ खुत्रुङ’ सडक ।

मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे सुरु

निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम सुरु भएको छ । उक्त सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र सुरु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्