९ मंसिर २०८१ आइतबार
image/svg+xml

समन्वय नहुँदा भूकम्पपीडित मारमा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय इमेलमा भर पर्दा ओखलढुंगाका भूकम्पपीडितसम्म उनीहरू लाभग्राही सूचीमा परेको सूचना पुगेको छैन।

सात हजार लाभग्राहीलाई सूचीबाट हटाइने

सात हजार लाभग्राहीलाई सूचीबाट हटाइने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सात हजार भूकम्प लाभग्राहीलाई सूचीबाट हटाउने तयारी गरेको छ।

सोलुका ५४ गुम्बाको पुनःनिर्माण गरिने

२०७२ साल बैशाख १२ को भूकम्पबाट क्षति भएका सोलुखुम्बुका ५४ वटा गुम्बाको पुनःनिर्माण गरिने भएको छ। एक नगरपालिका र ७ गाउँपालिकाका ५४ वटा गुम्बाको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट स्वीकृत गरेपछि पुनःनिर्माणको काम अघि बढ्ने भएको हो।

‘रिसोर्ट’ जस्तै बन्यो बारपाकको विद्यालय

स्तरिय भवन, झिलिमिली बत्ती। एउटाबाट अर्को भवनमा जाने ढलान बाटो। उज्यालो र फराकिलो कक्षाकोठा। सफा शौचालय। झट्ट हेर्दा रिसोर्ट जस्तो लाग्ने यो संरचना हो २०७२ बैशाख १२ गते भुकम्पको केन्द्रबिन्दु बारपाकको हिमालय माध्यामिक विद्यालय। पहिलो पटक यो ठाउँमा पुग्ने जो कोहि पनि भन्छन् यो कुन रिसोर्ट हो?

ब्यासी-कमलविनायक वैकल्पिक सडक बनाउन प्रस्ताव

भक्तपुरको ब्यासीदेखि कमलविनायकसम्म पुग्ने सडकको वैकल्पिक सडक बनाउनुपर्नेमा जोड दिइएको छ। साँंघुरो सडकका कारण अत्याधिक जाम हुनाले यसको बैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको हो।

भूकम्पपछिको पुनर्निर्माण : ‘घर होइन, गोठ बन्यो’

०७२ वैशाख १२ गते शनिबारको महाभूकम्पपछि तीन लाख ८२ हजार ६ सय घरहरुको पुनःनिर्माण सम्पन्न भइसकेको तथ्यांक छ। तर, काठमाडौं उपत्यकाबाहिरका गाउँंगाउँंमा पुननिर्मित धेरै घरहरु घरको रुपमा नभई गोठ जस्तै रुपमा सानो एकतल्ले बनेको सार्वजनिक भएको छ।

पुनर्निर्माण योजनाबारेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा भएको थियो।

जंगी अड्डाको पुनःनिर्माण ९९ प्रतिशत सकियो

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको क्रममा रहेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण  गरेका छन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपाय अपनाई जंगी अड्डाको पुनःनिर्माण गरिएको बताए।

सम्पदाबस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कुल ३० करोड विनियोजन भएको छ। काठमाडाैं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कुल एक करोड २० लाख निकासा गरिएको छ।

चार हजार विद्यालय पुनःनिर्माण सम्पन्न

विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन्। पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन्।

रानीपोखरीको कुनामा लुकेको ‘म्युजिकल फाउन्टेन’

रानीपोखरी र यसभित्र ठडिएका स–साना ऐतिहासिक संरचना संरक्षणको विषय पछिल्लो समय छताछुल्ल बन्यो । पुनःनिर्माण गर्दैगर्दा स्थानीयवासी, सम्पदाप्रेमी, सरकारी कर्मचारी र संस्कृतिविद्हरू अवलोकन गर्न त्यहाँ धेरै पटक पुगे । उनीहरूले त्यसभित्रका स–साना संरचनाको सोधीखोजी र अध्ययन पनि पटक–पटक गरे।

मनकामना पुनर्निर्माणमा १४ कराेड खर्च

भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि १४ करोड रूपैयाँभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागमार्फत ४ करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिए ।

विश्व बैंकमा शेयर थप : नेपालको मताधिकार रहने

नेपाल सरकारले विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास कोषको ३०९ कित्ता शेयर थप खरीदको निर्णय गरी आफ्नो मताधिकार सुरक्षित गरेको छ। मन्त्रिपरिषद्को यही माघ ३ गतेका प्रमुख निर्णय विहीवार सिंहदरबारमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैंकमा हाल नेपालको एक हजार ४०५ कित्ता रहेकामा थप शेयर खरीद गरेपछि एक हजार ७१४ कित्ता भई नेपालको मताधिकार रहने जानकारी दिए।

श्रीमहलको पुनःनिर्माण हुने

पुल्चोकस्थित राणाकालीन दरबार श्रीमहलको पुनःनिर्माण हुने भएको छ। भूकम्पले भवनमा धेरै क्षति पुर्‍याएकाले प्रवलीकरण गरेर मात्रै नहुने हुँदा पुनःनिर्माण नै गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्