१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सेनाको भर्ना छनौटमा अनियमितता, पैसा खाने ४ सैनिकसहित २७ माथि कारवाही

नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको पाइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अनियमिततामा संलग्न ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान गरेर कारवाही अगाडि बढाइएको छ।

केरुङमा नेपाली हस्तकला

नेपाली हस्तकलाको प्रवर्द्धनका लागि चीनको केरुङमा सञ्चालन भई रहेको दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार, पर्यटन तथा संस्कृति मेलामा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ।

ह्यान्डबल टोली छनोटमा विवाद

१३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली राष्ट्रिय महिला ह्यान्डबल टोलीको छनोटमा विवाद सिर्जना भएको छ।

व्यापार र पारवहन प्रमुख अजेन्डा

करिब तीन अर्ब रुपैयाँ व्यापार घाटा रहेको बंगलादेशसँग व्यापार सहजीकरण गर्न सुरु भएको दुई देशबीचको वार्तामा नेपालले व्यापार र पारबहनलाई प्रमुख अजेन्डाका रुपमा अघि सारेको छ।

स्वतन्त्र व्यक्तिलाई आयोगमा नियुक्त गर : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसहितका अन्य संबैधानीक अंगहरुको नियुक्ति सहमतिबाटै गर्नुपर्नेमा जोड दिएको छ । देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारीको बैठकले संवैधानीक परिषद् सरकारको नियकाय नभएर स्वतन्त्र अंग भएको जनाउँदै त्यसका निर्णय पक्ष र प्रतिपक्षी नभएर सहमतिबाटै गर्नुपर्नेमा जोड दिएको हो ।

रसियामा नेपाली विद्यार्थीको मृत्यु

रसियामा सोमबार एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। इटहरी वडा नं. ५ तलुसा टोलका २४ वर्षीय विवेक दाहालको मृत्यु भएको हो।

सी चिनफिङकाे भ्रमणले नेपालको विकास र समृद्धिको बाटोलाई झनै सुगम बनायाेः नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।

सभामुख र उपसभामुखमा एक पद नपाए कांग्रेसलाई मान्य हुँदैन्ः लेखक

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताएका छन्।

‘माननीयहरुका बारेमा आएका समाचार लज्जाको विषय, कानूनमाथि कोही छैन’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ नेकपाले ययअघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली काग्रेसले त्यस्तो प्रवृत्तिको सशक्त प्रतिवाद गर्ने बताए।

फिल्ममा महिलाका कथा

नेपाली फिल्म संस्कृतिको विस्तारका निम्ति थापाथलीस्थित मार्टिन चौतारीमा ‘लघु चलचित्र प्रर्दशन तथा छलफल’ नामक कार्यक्रमको आयोजना गरिएको छ।

नेपाल-बंगलादेशबीच व्यापार बैठक काठमाडौं सुरु

नेपाल-बंगलादेशबीच सहुलियत पुर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौ‌मा सुरु भएको छ। राजधानी काठमाडौंमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ।

केरुङमा नेपाली हस्तकला प्रदर्शन

नेपाली परम्परागत हस्तकलाको प्रवद्र्धन तथा बिक्री वितरण गर्न नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन तथा मेला आयोजना गरिएको छ।

अपराधको राजनीति

नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलम यतिखेर १२ वर्षअगाडि रौतहटको राजपुरमा भएको क्रूर, पाशविक र अकल्पनीय घटनाकोदोषी भई प्रहरी थुनामा छन्। आलमसँग नयाँ बानेश्वरस्थित उनको डेराअगाडि प्रातःभ्रमण गर्दा केही दिनअगाडि मेरो भेट भएको थियो। उनी बढो ढुक्क थिए। उनले कांग्रेस पार्टीलाई नयाँ ढंगले कसरी उठाउन सकिन्छ भनी मसँग भलाकुसारी गरे।

मैले देखेको एनआरएनए

गैरआवासिय नेपाली संघ (एनआरएनए) को चुनाव भर्खरै सकिएको छ। ८० लाखभन्दा बढी नेपाल बाहिर रहे तापनि करिब ३ हजारले मात्रै चुनावमा भाग लिई एनआरएनएको प्रतिनिधित्व गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्