८ वैशाख २०८१ शनिबार

नेकपाका दुवै समूह आन्तरिक छलफलमा

निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निर्णय दिएपछि दुवै समूह आन्तरिक छलफलमा जुटेका छन्।

दाहाल–नेपाल सडक संघर्षमा ओली पक्ष प्रतिकारमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले दाहाल–नेपाल समूहका गतिविधिको राजनीतिक रूपमा प्रतिकार गर्ने भएको छ।

ओलीले नटेरेपछि दाहालले फेरि समय थपे

दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दा पनि ओलीले आलटाल गर्ने र बैठक माग गर्ने पक्षले पनि समयसीमा बढाउँदै जाँदा दुवै पक्ष एकअर्काको रणनीति ‘पर्ख र हेर’ को अवस्थामा छन्।

कांग्रेसमा टकराव

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणका कारण आम जनताको स्वास्थ्यमाथि गम्भीर संकट उत्पन्न भइरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक विवादमा फसेपछि अनेक जनगुनासा सुनिन थालेका छन्।

एकताको बाँकी काम असोजमै सक्ने सहमति

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताको बाँकी काम असोजभित्रै सक्ने सहमति भएको छ।

पाँचमहिने विवादको कोर्स बदल्ने महासचिव पौडेल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पाँच महिना लामो विवाद भदौको तेस्रो सातापछि मत्थर हुँदै सोही महिनाको अन्तिमसम्म आइपुग्दा महाधिवेशनसम्मका लागि टरेको छ ।

नेकपामा नेता व्यवस्थापन चुनौतीपूर्ण: गौतम सांसद बने, मन्त्री अनिश्चित

नेकपाभित्र ओली, दाहाल र नेपालबीच त्रिकोणात्मक द्वन्द्व कायमै छ । दाहाल पछिल्लो समय ओलीसँग मिले पनि नेपालसँगको सम्बन्धलाई टुटाएका छैनन् । पछिल्लो द्वन्द्वमा गौतमको साथ पाएर पनि ओली उनलाई मन्त्री नबनाउन प्रयासरत छन् ।

प्रतिस्पर्धा तयारीमा नेपाल

‘महाधिवेशनमा प्रतिस्पर्धा नै छैन भन्ने ढंगले जसरी एकल वा सहमतिको अध्यक्ष भनेर बाहिर बहस चलाउन थालियो त्यो सत्य होइन, प्रतिस्पर्धाका लागि नेता नेपालले ‘वार्मअप’ गरिरहनुभएको छ । कोरोना संक्रमण कम भएपछि उहाँ कार्यकर्तामाझ जानुहुन्छ ।’

नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवम् सम्मानको अवस्था नै सांस्कृतिक विविधता भएको बताएका छन्। मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा आज एक शुभकामना सन्देश दिदै उनले नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश भएको र नेपालको संविधानले नै बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गरेका छन्।

नेकपा प्रवक्ता श्रेष्ठ भन्छन् : ...अन्यथा सार्वभौमिकता नै खतरामा पर्ने ठूलो जोखिम छ

‘हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत हुनैपर्छ । परराष्ट्र नीतिमा आधारित कूटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भूराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं।’

ओली रणनीति शक्ति सञ्चय

ओली पक्षधर नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानसहित बाँकी विकल्पमा दाहाल–नेपाल समूहका नेताहरुसँग छलफल गरिरहेका छन्।

नेकपा विवाद: बल ओलीको ‘कोर्ट’मा

पार्टी एकता सग्लो रहने कि नरहने भन्ने विषय अबको दिनमा ओलीले अपनाउने रणनीतिमा भर पर्ने निष्कर्ष खुमलटार भेलाले निकालेको छ।

प्रधानमन्त्रीको राजीनामा माग

बैठकमा ओली दाहालबीच सवालजवाफ नै भएको थियो। दाहालले प्रधानमन्त्रीले आफूले काम गर्न नसक्ने, जनताको माझमा पार्टी र सरकार दुवैको लोकप्रियता खस्काउने अनि जनस्तरबाट उठेका आवाज सम्बोधन गर्न नसकेपछि भारतले हटाउन लाग्यो भनेर अभिव्यक्ति दिनु शोभनीय नभएको बताएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्