४ वैशाख २०८१ मंगलबार

मदरसा शिक्षा पाठ्यक्रममा समावेश हुने

सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।

वायु प्रदूषण जाँच्न नयाँ मापदण्डः दबाबमा नेपाल

डब्लुएचओले तोकेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई घटाइएको छ। डब्लुएचओले नयाँ मानक तोकेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ।

अनुमति बिना कक्षा १२ को पुस्तक छाप्ने प्रकाशन गृहलाई कारबाही

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले केन्द्रले आइतबार बजार अनुगमन थालेको र उक्त अनुगमनमा अस्मिता प्रकाशन एन्ड डिस्ट्री ब्युटर्सको डिपो तथा विभिन्न छापाखानाहरुबाट विभिन्न विषयका पाठ्यसामाग्रीहरु अवैध रुपमा छपाई गरेको फेला परेको जनाए।

पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास गरी लागू गरिने

पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास गरी लागू गरिने भएको छ। चुस्त पुलहरूको डिजाइन गर्ने विषयको पाठ्यक्रम तयार पारी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने भएको हो।

आफ्नै पाठ्यक्रम बनाउँदै बागलुङ नगरपालिका

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ। नगरशिक्षा शाखाले चालू शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्नेगरी तयारी थालेको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए।

स्थानीय पाठ्यक्रमका लेखकहरूसँग छलफल

स्थानीय पाठ्यक्रमको अध्ययन अध्यापनले नयाँं पुस्तामा स्थानीय जानकारी पाई त्यसको महत्व बुझाउन सफल भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।

सेन्ट जेभियर्ससहित २० विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रले सोध्यो स्पष्टीकरण

कमिसनको चक्करमा अनावश्यक नयाँ किताब किन्न लगाइ अभिभवाकलाई आर्थिक भार र विद्यार्थीलाई मानसिक तनाब दिने निजी विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेको छ।

नयाँ पाठ्यक्रम लागु गर्न बाटो खुल्यो

कक्षा ११ मा नयाँ वा पुरानोमध्ये कुन पाठ्यक्रमका आधारमा पठनपाठन गराउने भन्ने अन्योल हटेको छ ।

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

कक्षा ११ को नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा खारेज भएपछि नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ।

पाठ्यक्रममा लेप्चादेखि होमस्टेसम्म

भौतिक र सामाजिक विकासमा नवीन अवधारणा अवलम्बन गरिरहेको सूर्याेदय नगरपालिका शिक्षा क्षेत्रको गतिविधिमा एक खुट्किलो उक्लिएको छ। नगरले विद्यालयको आधारभूत तहका लागि स्थानीय लोपोन्मुख समुदायको संस्कृतिदेखि होमस्टेसम्म समेटिएको पाठ्यक्रम तयार गरेको छ।

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो।

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी। विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन्। विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन।

बीजेपी निकट विद्यार्थी संगठनको दवाबपछि अरुन्धती रोयको किताब पाठ्यक्रमबाट हटाइयो

आरएसएस निकट विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी) को विरोधपछि पठ्यक्रमबाट अरुन्धती रोयको किताव हटाइएको छ। तमिलनाडुको मनोनमनियम सुन्दरनर विश्वविद्यालयले पठ्यक्रमबाट अरुन्धती रोयको किताव हटाएको हो।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सरकारले चालु शैक्षिक सत्रदेखि कक्षा ११मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने लक्ष्यसहित सबै तयारी गरिसकेको र पाठ्यपुस्तक समेत छपाइ कार्य सम्पन्न भएको अवस्थामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै नयाँ प्रारुप कार्यान्वयन नगर्न नगराउन पाठ्यक्रम विकास केन्द्रको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्