बैतडीमा घर भत्किँदा एकको मृत्यु
माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।
माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।
अचानक उच्च ज्वरो आउने, आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्ने, शरीर दुख्ने, घांटी बस्ने, साना बिमिरा आउने, शरीर चिलाउने लगायत यस रोगका लक्षण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ। अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज लगाएका छन्।
स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ। यही सन्दर्भमा जिल्लाको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका स्वास्थ्य सेवाको आयोजनामा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको समन्वय तथा सहयोगमा विश्व स्तनपान सप्ताह मनाइएको हो। आमाको स्तनपान शिशुका लागि अमृत बराबर मानिएको छ।
दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ। गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन्।
जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ।
स्वास्थ्य मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पतालका लागि एक जना स्थायी दरबन्दीको एमडी जिपी डाक्टर पठाउने आश्वासन दिएको छ।
अर्घाखाँचीको शीतखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। अर्घाखाँची शीतगङ्गा नगरपालिका वडा नं. ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजको मृत्यु भएको हो।
ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा नियन्त्रणमा राखिएको भालुलाई बेहोस बनाएर डिभिजन वन कार्यालयमा लगिएको छ।
हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ।
विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन्।
मेसिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि यहाँका नागरिक काठमाडौँ, सिन्धुली, काभ्रेको धुलिखेललगायत ठाउँ धाउनुपर्ने बाध्यता छ।
कोरोना संक्रमणको कारण जिल्ला अस्पताल बैतडीमा बन्द गरिएको ओपिडी सेवा पुनः सञ्चालन भएको छ।