१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लकडाउनबीच किसानलाई रोपाईको चटारो

मनसुन सक्रिय हुन थालेसँंगै भक्तपुरका किसानलाई रोपाईको चटारोले छोएको छ । लकडाउनकाबीच पनि उनीहरु लगातार हप्तादिन अगाडिदेखि नै रोपाईमा व्यस्त हुन थालेका छन् ।

'रोप, रोप रोप्नेरीऔं असारमा गोडौंलीं'

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समय नेपाल पनि जोखिममा पर्दै गइरहेको बेला सरकारले लागु गरेको बन्दाबन्दीले डोल्पाको धान रोपाई मेलालाई भने छुन सकेन। लकडाउनका बीच पनि हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा यो वर्षको धान रोपाई मेला सम्पन्न भएको छ।

कृषिमन्त्रीको अगुवाईमा रोपिएको धान खेत चरणस्थलमा परिणत

गत असार १६ गते तिलौराकोटमा प्रचिन झल्को दिने गरी राजकीय धान रोपाई मंगल उत्सवह गरियो। सो अवसरमा कृषि तथा पुशपंक्षी विकास मन्त्री चक्रपाणी खनालको अगुवाईमा तिलौराकोटमा तामझामकासाथ धान समेत रोपियो। रोपाईकै क्रममा मन्त्री खनालले हलो जाते।

रमाए स्कुले विद्यार्थी

पानी अभाबमा किसानहरुले धान रोप्न नपाइरहेको बेला भक्तपुरका विद्यार्थीले आइतबार रोपाई गरेका छन्। सक्रिय मनसुनको अभाबमा खेतमा पानी नभई धान रोप्न नसकिरहेको बेला भक्तपुरको एउटा स्कुलका विद्यार्थी भने रोपाईमा रमाएका हुन्।

पानी नपरेपछि धान रोप्न ट्युवेलको भर (भिडियो रिपोर्ट)

आज असार १५ अर्थात धान दिवस। कृषकहरुलाई यतिबेला रोपाई गर्न भ्याई नभ्याई हुने समय हो तर आकासे पानीमा भर पर्नु परेपछि अधिकांश किसानहरु चिन्तित छन्।

सुर्खेतमा रोपाईको उल्लास (भिडियो)

आज असार १५। किसानहरु आ-आफ्नो खेतमा होहोतारे होहो...गर्दै रमाईरहेका छन्। यो दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउने गरिन्छ। कर्णाली प्रदेशमा पनि रोपाई गरेर असार १५ मनाइएको छ।

मार्सी संरक्षणका लागि रोपाई महोत्सव

पछिल्लो समय लोप हुदै गएको मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले रोपाई महोत्सवको आयोजना गरेको छ।

किसानलाई मलको हाहाकार

खेत रोपाई गर्ने बेलामा प्रशस्त पानीको अभाव भए पनि जसोतसो रोपाई गरेका किसानलाई यतिबेला रासायनिक मल अभावले सताउन थालेको छ।

कर्णालीमा ५७ प्रतिशत मात्र रोपाई

असार सकिन लाग्दा कर्णाली प्रदेशमा ५७ प्रतिशत मात्रै रोपाई भएको छ। क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार साविकको कर्णालीका डोल्पा र जुम्लामा रोपाई सम्पन्न भएको छ। समयमै पानी नपर्दा सुर्खेत र दैलेखमा एक तिहाई मात्रै रोपाई भएको छ।

गुल्मीमा ३० प्रतिशत मात्र रोपाई

असार महिना सकिनै लाग्दा गुल्मीमा करिब ३० प्रतिशत क्षेत्रमा मात्र धान रोपाई भएको छ। गत वर्ष भन्दा यस वर्ष समयमै पानी नपरेकाले धान रोपाई गत वर्षको भन्दा ढिलो भएको हो।

ठेकेदारको लापरवाहीले अलपत्र सडकमा रोपाई

ठेकेदारको लापरवाहीले अलपत्र परेको जिल्लाको मुख्य प्रवेशमार्ग लामोसाँघु–जिरी सडकमा शुक्रबार तरुण दल र नेविसंघका कार्यकर्ताले सांकेतिक बिरोध स्वरुप रोपाई गरेका छन्।

हिलाम्मे सडकमा धान रोपाई‌ं! (भिडियो)

चावहिल–साँखु सडक खण्डको जोरपाटीमा आज साहित्यकारहरुले सडकमै धान रोपेका छन्। अभिनव साहित्य समाजको अगुवाईमा अन्य केही साहित्यिक संस्थाले राष्ट्रिय धान दिवसको अवसर पारेर हिले सडकमा व्यंगात्मक धान रोपाई गरेका हुन्।

रोपाईको तयारीमा कृषकहरू

अछामको साँफेबगरमा यस वर्ष पनि विगतका वर्षहरू झैँ जेठको सुरुवात देखि नै धान रोपाईको तयारी अन्तिम चरणमा रहेको छ।

किसानको अन्यौलता: रोपाई गर्नु की भोट हाल्न जानु

स्थानीय तहको दोश्रो चरणको निर्वाचन मिति मध्य असारमा तोकिँदा खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका युवा किसान संग्राम राईलाई चित्त बुझेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्