१५ मंसिर २०८१ शनिबार
image/svg+xml

हुम्लामा पनि विद्युतीय भुक्तानी सेवा शुरु

सरकारले चालु आर्थिक वर्षभित्र ७७ वटै जिल्लामा विद्युतीय भुक्तानी सेवा दिने निर्णय गरेसँगै हुम्लामा पनि उक्त सेवा शुरु गरिएको छ। गएको सोमबारबाट कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले विद्युतीय भुक्तानी सेवा सुरु गरेको हो ।

विहानी र साँझ सेवा शुरु गर्दै बुद्ध एयर

बुद्ध एयरले जेठ १८ गतेबाट दैनिक विराटनगर – काठमाडौँ बिहानी उडान गर्न लागेको छ । विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ । जहाज ७ः४० बजे काठमाडौंमा अवतरण गर्नेछ।

सेवासुविधा नतोक्दा असन्तुष्टि

जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश १ ले स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रम अनुसार सेवा सुविधा नतोकिएको भन्दै असन्तुष्टि जनाएको छ। महासंघको मंगलबार बिराटनगरमा भएको बैठकले प्रदेश १ सरकारले वडा सदस्यदेखि जिल्ला समन्वय समितिका प्रमुखमा चुनिएका जनप्रतिनिधिको मर्यादाअनुसार तलब तथा सेवासुविधा निर्धारण नगरेको भन्दै असन्तुष्टि पोखेका हुन्।

प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण

गृह मन्त्रालयको आयोजनामा सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण तालीम शुरु भएको छ ।

अमेरिकाबाट थप सामान र सेवा आयात गर्न चीन सहमत

अमेरिकासँग हुँदै आएको व्यापार असन्तुलन घटाउँदै थप सामान र सेवा आयात चीन सहमत भएको छ । चीनको यस्तो निर्णयले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच सम्भावित व्यापार युद्धको डरलाई कम गरेको बिबिसीले उल्लेख गरेको छ ।

साढे छ लाखले गर्छन् लोकसेवा आयोगको तयारी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताएका छन्।

जहाँका जनता आधारभूत सेवा पाउन घण्टौँ पैदल हिड्नुपर्छ

धनगढीमाई नगरापालिका– १४ खुट्टीकी सबिता मगर(१८) ले पहिलो सन्तानलाई घरमै जन्म दिँदै थिईन। उनले पहिलो सन्तान छोरी जन्माईन। तर, साथी(साल) अड्कीयो। जसका लागि उनलाई अस्पताल नपुगी भएन।

जन्मदिनमा मनोजको समाजसेवा

फिल्म ‘१०० कडा १०’मा व्यस्त हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । फिल्मको सुटिङका लागि पोखरामा रहेका उनले बि एन्ड ब्रोज मेजेन्मेन्ट कन्सल्टेन्सीको व्ययवस्थापनमा विद्यार्थीहरुलाई निःशुल्क छात्रावृत्ति र युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको घोषणा गरे।

पूर्वका चार जिल्लामा मोबाइल सेवा अवरुद्ध

भोजपुरसहित पूर्वी नेपालका ४ जिल्लामा नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ। टेलिफोनमा नेटवर्कको खराबी देखिँदा हजारौं सर्वसाधारण मर्कामा परेका छन्।

सेवानिवृत शिक्षकहरु अभिनन्दित

सेवाविृत्त सातजना शिक्षकलाई अभिनन्दन गरिएको छ। सेवानिवृत शिक्षक समाज भक्तपुरको आयोजनामा शनिबार आयोजित ‘शैक्षिक अनुभव’ तेश्रो अंक विमोचन तथा अभिनन्दन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उनीहरुलाई सम्मान गरेका हुन्।

ऊर्जामन्त्रीको घोषणा : सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विद्युत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षमा हरेक नेपालीको घरमा विद्युतुसेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। हालसम्म ७५ प्रतिशत नागरिकको पहुँचमा मात्र विद्युत् सेवा पुगेको र २५ प्रतिशत नागरिक अँध्यारोमा बस्न बाध्य भएकाले सरकार सबैको पहुँचमा विद्युत पुर्याइने उल्लेख गरे।

सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विद्युत्

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्को खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताएका छन्।

बस सेवाले जोडियो जनकपुर- अयोध्या

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर-अयोध्या सिधा बस सेवा उद्घाटन गरेका छन्। यो सँगै सीता जन्मभूमि जनकपुर र राम जन्मभूमि अयोध्या बस सेवाले जोडिएको छ।

वायु सेवा निगमले चीनबाट ल्याउने भयो ३ पाइलट

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्