नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन्।
नागरिकको समस्या तथा गुनासो सुन्नका लागि जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबारदेखि हटलाइन सेवा सुरु गरेको छ।
३० लाख सर्वसाधारणले मोबाइलबाट बैकिङ सेवा लिइरहेका छन् । बैंकमा गएर कारोबार गर्दा समय र खर्च पनि बढी लाग्ने भएकाले मोबाइलबाटै सेवा लिने बढेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएकी छिन्।
अर्घाखाँचीको सितगंगा नगरपालिका ११ मौवाबारीकी मुना घर्तीलाई नागरिकता बनाउने पिरलोले सताउँथ्यो। एक–दुई दिन भित्र जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउने उनको योजना थियो।
भंगहा २ का रोहित कुमार शाह मोटरसाइकलको राजस्व तिर्न पाँच दिन सम्म जनकपुर अञ्चल यातायात कार्यालय धाए पनि उनले राजस्व तिर्न सकेनन।
मुटुको चाल गडबडी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ।
महालक्ष्मी नगरपालिकाको लामाटारस्थित पाटीचौरदेखि काठमाडौंको बूढानीलकण्ठसम्म बस सेवा सुरु भएको छ।
लोकसेवा आयोगले निजामती कर्मचारीहरूको अवकाश उमेर ५८ वर्ष कायमै राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयप्रति असन्तुष्टि जनाएको छ। संघीय मामिला मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन २०७५को मस्यौदामा कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायमै राखिएको छ।
आइसिएफसी फाइनान्स लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै आइसिएफसी मोबाइल बैंक सेवा मोबाइलमा सञ्चालन गरेको छ । उक्त सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइलबाट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममार्फत आइसिएफसी फाइनान्सको एप डाउनलोड गरी संस्थाको कुनै पनि शाखा कार्यालयमा रजिस्टर गरेर सेवा लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको पञ्जीकृत गर्ने अधिकार मातहतका कार्यालयलाई प्रत्यायोजन नगर्दा सवारी दर्ता गर्न व्यवसायी राजधानी धाउन बाध्य छन्। विभागले यातायात व्यवस्थापन कार्यविधि, २०७४ कार्यान्वयन नगर्दा देशभरका व्यवसायी सवारीसाधन पञ्जीकरणका लागि राजधानी धाउन बाध्य भएका हुन्। विभागले कार्यविधि, २०७४ ल्याएको दुई महिना बितेको छ। तर यातायात कार्यालयबाट सवारी पञ्जीकृत गर्ने व्यवस्था कार्यान्वयनमा आएको छैन। यसले गर्दा कम्पनी, सहकारी वा फर्ममार्फत सवारी दर्ता गर्न चाहने व्यवसायी विभागमै आउनुपरिरहेको छ।
नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ।
निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन्। बढेको भाडा दर पर्सी मंगलबारबाट लागू हुने छ।
नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक भएको छ। काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिमा यो सेवा सार्वजनिक भएको हो।
लहान नगरपालिकामा सञ्चालित कामना नर्सिङ होम प्रालि कानुनअनुसार नवीकरण भएको छैन । दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने अवधिसमेत उसले गुजारेको छ । नवीकरणबिना नर्सिङ होम सञ्चालन गैरकानुनी ठहरिन्छ । तर, यसले कानुनको खिल्ली उडाउँदै सेवा दिइरहेको छ।