१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बोइङको मूल्यांकन ६२ करोड

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाको नाइन एनएसिए कलसाइन रहेको कर्णाली बोइङ ६२ करोडमा बिक्री गर्न सकिने भएको छ।

वडा अध्यक्षको तलब समाजसेवामा

रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा न. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरीले आफ्नो पाँच वर्षको सबै तलब सामाजिक क्षेत्रमा खर्चने घोषणा गरेका छन्।

लोकसेवाले मंसिरपछि भर्ना खोल्ने, विज्ञापन तालिका फेरबदल नहुने

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनमा विज्ञापन तालिका फेरबदल नगर्ने स्पष्ट पारेका छन्। उनले भने, ‘लाखौं युवालाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन्। मंसिरपछि भर्ना विज्ञापन खोल्छौं।’

प्राविधिक तहमा दरखास्तै परेन

लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन। गत वर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए।

संघीय सरकारले अप्ठेरो पारे सहन्नौंः मन्त्री यादव

संघीय सरकारको आग्रहलाई उपेक्षा गर्दै प्रदेश २ को प्रदेशसभाले पारित गरेको प्रदेश प्रहरी सेवासम्बन्धी ऐन तीन महिनाभित्र कार्यान्वयनमा आउने दाबी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दाबी गरेका छन्।

दशैँमा प्रहरीको निःशुल्क बस सेवा, कुन कुन रूटमा चल्छ ?

नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडाैं उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन्।

अब स्मार्ट फोनमै नेपाली चलचित्र र टेलिभिजनहरु

नेपालमा कला तथा संस्कृतिको प्रबर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कंपनी म्युजिक नेपाल प्रालिले संसारभरिका प्रवासी नेपालीहरुलाई लक्षित गरी नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा शुरु गरेको छ।

संघीयताको स्थायित्वमाध्यान देऊ

प्रदेश २ को संसद्ले प्रहरी सेवासम्बन्धी विधेयक पारित गरेसँगै यो कार्य विवादमा तानिएको छ। खासगरी संघीय सरकारले त्यसमा सुरुदेखि नै फरक धारणा र मान्यता राख्दै आएकाले पनि प्रदेश २ को यो कार्यले संघीय सरकार र प्रदेश सरकारबीच अविश्वासको अवस्था उत्पन्न भएको छ।

अब अत्यावश्यक स्वास्थ्य सेवा निःशुल्क

केही महत्वपूर्ण जनसरोकारसँग सम्बन्धित स्वास्थ्य सेवा निःशुल्क बनाउन कानुन ल्याइएको छ। संविधानको मौलिक हकअन्तर्गतको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा केही महत्वपूर्ण स्वास्थ्यसँग सम्बन्धित विषयलाई निःशुल्क बनाएको छ।

उपसचिवको खुला कोटा कायम राखिने

संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा संशोधन गर्न बनेको उपसमितिले मस्यौदमा व्यवस्था गरिएको खुला भर्ना कोटा घटाउने विषयमा केही संशोधन गर्ने तयारी गरेको छ।

लोकसेवामा प्रदेश २ बाट मात्रै २५ प्रतिशत आवेदन

सरकारी सेवा प्रवेशका लागि लोकसेवा आयोगद्वारा गरिएको विज्ञापनमा सबैभन्दा बढी प्रदेश नम्बर २ बाट आवेदन पर्ने गरेको पाइएको छ।

सरकारी सेवामा २ नं प्रदेशबाट धेरै

लोकसेवा आयोगले गत वर्ष पदपूर्ति गरेका विभिन्न सरकारी सेवामा प्रदेश २ बाट सबैभन्दा धेरैले प्रवेश पाएको देखिएको छ।

जनकपुर आइपुग्यो ब्रोडगेज रेल

पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ।

अन्तर्राष्ट्रिय उडानमा बुद्ध एयरको छुट्टै कम्पनी

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्न छुट्टै कम्पनी स्थापना गरी त्यसको ७० प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ।

पुनर्निर्माण अभियानमा १९ करोड

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले आर्थिक वर्ष २०७४–७५ मा भूमि अधिकार अभियान र पुनर्लाभ तथा पुनर्निर्माण अभियानका कार्यक्रमका लागि १९ करोड ३१ लाख खर्च गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्